नारायणगढ़मा एकै रातमा दुई सड़क दुर्घटना, दुईजनाले गुमाए ज्यान
नारायणगढ़मा एकै रातमा दुई सड़क दुर्घटना, दुईजनाले गुमाए ज्यान


मेदिनीपुर, 05 दिसम्बर(हि.स.)। खड़गपुर–बालेश्वर 16 नम्बर राष्ट्रिय राजमार्गमा नारायणगढ़ थाना क्षेत्रमा गए आइतवार अबेर राती अलग-अलग स्थानहरूमा भएका दुई वटा सड़क दुर्घटनाहरूमा दुईजना मानिसहरूको मृत्यु भयो भने एकजना युवक गम्भीर रूपमा घाइते भए।

पहिलो दुर्घटना नारायणगढ़ थाना अन्तर्गत रामपुरा टोल प्लाजा नजिक भएको हो। पुलिस र स्थानी सूत्र मुताविक एउटा मोटर साइकलमा सवार दुईजना युवकहरू बाँसगढ़ियादेखि खड़गपुर तर्फ गइरहेका थिए। यसै अवधि कुनै अज्ञात वाहनले उनीहरूको बाइकलाई भयानक ठक्कर दियो जसले गर्दा दुवै युवक राष्ट्रिय राजमार्गमा झरेर गम्भीर रूपमा घाइते भए। दुर्घटनापछि एकजना युवकको घटनास्थलमै मृत्यु भयो भने अर्को युवकको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते युवकलाई तत्कालै मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरियो।

पुलिसले बतायो, दुवै युवक खड़गपुर लोकल थाना क्षेत्र निवासी थिए। दुर्घटनाग्रस्त मोटरसाइकललाई जफत गरिएको छ। मृतक र घाइते युवकको परिवारलाई सूचना दिइएको छ।

यसै राती अर्को दुर्घटना 16 नम्बर राष्ट्रिय राजमार्गको बड़ामारा क्षेत्रमा भयो जहाँ एउटा मोटरसाइकल सवारले नियन्त्रण गुमाएको कारणले दुर्घटनाको शिवार भयो। यस दुर्घटनामा बाइक सवारको घटनास्थलमै मृत्यु भयो। सूचना पाएर नारायणगढ़ थाना पुलिस र राष्ट्रिय राजमार्ग प्राधिकरणका अधिकारीहरू घटनास्थलमा पुगे अनि शवलाई उद्धार गरे। मृत व्यक्तिको पहिचान अहिलेसम्म हुन सकेको छैन। पुलिसले दुर्घटनाग्रस्त मोटरसाइकललाई जफत गरी मृतकको पहिचान खोलाउने प्रयासमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande