
कोलकाता, 05 जनवरी (हि.स.)। पहााड़मा घुम्न गएका पर्यटकहरूको लागि खुशीको खबर छ। यस हप्ता दार्जीलिङमा हिमपात हुने सम्भावना व्यक्त गरिएको छ। अलिपुर मौसम कार्यालयद्वारा सोमवार जारी बयान अनुसार दार्जीलिङका केही क्षेत्रहरूमा वर्षासितै हिमपात हुनसक्छ।
यता कोलकाता समेत दक्षिण बंगालमा पनि जाड़ोको प्रभाव स्पष्ट रूपमा महसूस गरिँदैछ। गए आइतवारदेखि नै महानगरका मानिसहरू कठ्याङ्ग्रिएको देखिँदैछ। तथापि वर्षको पहिलो आइतवार शहर एवं वरपरका क्षेत्रहरूमा पिकनिकको माहोल थियो।
मौसम विभाग मुताविक गत 31 दिसम्बर पश्चात बितेको दुई-तीन दिनमा कोलकाताको न्यूयनतम तापमान केही बढ़ेको थियो, तर आइतवार अचानक मौसमको रूप फेरियो। अलिपुरको रेकर्ड अनुसार सोमवार सबेरै कोलकाताको न्यूनतम तापमान 12.5 डिग्री सेल्सियस दर्ता गरियो। तथापि तापमानको आँकड़ाभन्दा बढ़ी चिसो मानिसहरूले महसूस गरे जसलाई रियल फिल भनिँदैछ। जति-जति दिन बढ़्दै गयो, उति-
उति चिसो पनि बढ़्दै गयो। आगामी केही दिनसम्म स्तै चिसो रहने सम्भावना छ। तापमानमा दुई-तीन डिग्री ह्रास आउनसक्छ।
उत्तर बंगालका जिल्लाहरूमा यस हप्ताभरि नै घना कुहिरोको चेताउनी जारी गरिएको छ। दृश्यता कम हुने आशंका छ। दार्जीलिङ जिल्लाका कतिपय ठाउँमा हिमपात हुनसक्छ भने जलपाईगुड़ी, कालेबुङ र अलिपुरद्वारमा हल्का वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। दक्षिण बंगालमा हाल वर्षा हुने कुनै सम्भावना छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा