
सिलगढ़ी, 5 जनवरी (हि.स)। बंगाल विधानसभा चुनाउपूर्व राज्यको राजनीतिमा खैलाबैला तीव्र भएको छ। यसै क्रममा आइतवार राति सिलगढ़ीस्थित भारतीय जनता पार्टी (भाजपा)-को कार्यालयमा आयोजित एक कार्यक्रममा चम्पासारी र डाबग्राम क्षेत्रबाट 350 युवाहरूले भारतीय जनता पार्टीको सदस्यता ग्रहण गरेका छन्।
यस अवसरमा भाजपाका राष्ट्रिय प्रवक्ता प्रदीप भण्डारी विशेष रूपमा उपस्थित थिए। उनले युवाहरूलाई भाजपाको झण्डा प्रदान गरी पार्टीमा स्वागत गरे। कार्यक्रमको आयोजन नमो युवा कमिटीको पहलमा गरियो जहाँ नयाँ सदस्यहरूलाई उत्साहपूर्वक अभिनन्दन गरियो।
भाजपा नेताहरूले भने, चुनाउपूर्व संगठनलाई अझ सुदृढ़ बनाउने उद्देश्यले पार्टीले नमो युवा वरियर गठन गरेको छ। यसै कमिटी अन्तर्गत युवाहरूलाई सक्रिय रूपमा आवद्ध गराइँदैछ। नमो वरियर कमिटीका कन्भेनर सौरभ सरकारको नेतृत्वमा ठूलो संख्यामा युवाहरू भाजपामा सामेल भए।
प्रदीप भण्डारीले बताए, युवाहरूको यो सहभागिताले आगामी विधानसभा चुनाउमा भाजपाको शक्तिलाई अझ् बलियो बनाउनेछ। उनले भने, भाजपाले व्यापक रूपमा युवाहरूलाई पार्टीसित जोड़्नेछ जसबाट चुनावी मैदानमा प्रतिस्पर्धा अझ रोचक हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा