
सिलगढ़ी, 05 जनवरी (हि. स.)। सिलगढ़ीस्थित उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल (एनबीएमसीएच) परिसरबाट मोटरसाइकल चोरी भएको घटना प्रकाशमा आएको छ। यस घटनाको सिलसिलामा अस्पतालमा कार्यरत स्टाफ नर्स कल्पना छेत्रीले माटीगाड़ा थाना अन्तर्गत एनबीएमसीएच पुलिस आउट पोस्टमा लिखित सिकायत दर्ता गराएकी छन्।
सिकायत अनुसार कल्पना छेत्री एनबीएमसीएचमा स्टाफ नर्सको पदमा कार्यरत छन् र अस्पतालद्वारा उपलब्ध गराइएको ब्लक-बी क्वार्टरमा अस्थाायी रूपमा बस्दै आइरहेकी छन्। गए राती लगभग साढ़े दश बजे उनले आफ्नो मोटरसाइकललाई ब्लक-बी क्वार्टर सामु खुल्ला पार्किंग स्थलमा राखेकी थिइन्। आज बिहान उनले बाहिर हेर्दा उनको मोटरसाइकल त्यहाँ थिएन। सबैतिर खोजतलास गर्दा पनि कतै सुइँको नलागेपछि अन्ततः उनले पुलिसमा सिकायत दर्ता गराइन्।
पुलिसले सिकायतको आधारमा मामिला दर्ता गरी जाँच शुरू गरेको छ। पुलिस अधिकारी अनुसार वरपरको सीसीटीभी फुटेजको जाँच गरिँदैछ चाँड़ै वाहनलाई भेट्ने प्रयास गरिनेछ। यस घटना पश्चात एनबीएमसीएच परिसरको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उठिरहेको छ। पुलिसले सम्पूर्ण मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा