अवैध हतियारसितै युवक पक्राउ
अवैध हतियारसितै युवक पक्राउ


उत्तर दिनाजपुर, 05 जनवरी (हि. स)। चोपड़ा थाना अधिनस्थ हप्तियागछ ग्राम पञ्चायत क्षेत्र निवासी एकजना युवकलाई गए आइतवार राती पुलिसले आग्नेयास्त्रसितै पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम रफिक आलम रहेको बताइएको छ।

चोपड़ा थाना पुलिस सूत्र अनुसार स्थानीय एउटा पुलको नजिकैबाट उक्त युवकलाई पक्राउ गरियो। जाँच गर्दा उसित एउटा आग्नेयास्त्र र दुई राउण्ड कारतूस थियो जसलाई जफत गरिएको छ। पुलिसले आरोपीलाई हिरासतमा लिएको छ। उसलाई सोमवार इस्लामपुर अनुमण्डल अदालतमा पेस गरी पुलिस हिरासतको माग गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande