
गुवाहाटी, 6 जनवरी (हि.स.)। राइजर दलका अध्यक्ष एवं शिवसागरका विधायक अखिल गोगोईले भोट चोरीको मुद्दालाई लिएर भाजपामाथि मियाँ मुसलमानहरू विरूद्ध तुष्टिकरण औ विभाजनको राजनीति गरेको आरोप लगाएका छन्। उनले भने, मतदाता सूचीको पुनरीक्षणको नाममा मुस्लिम समुदायलाई लक्षित गरिँदैछ।
अखिल गोगोईले आरोप लगाए, भाजपा प्रदेश अध्यक्ष दिलीप सैकियाले सरकारलाई 60 वटा विधानसभा क्षेत्रहरूको मतदाता सूचीबाट वैध मतदाताहरूको नाम हटाउने सल्लाह दिएका छन्। उनले यो पनि दाबी गरे, मतदाता सूचीबाट नाम काट्ने जिम्मेवारी राज्यका मन्त्री अशोक सिंघललाई सुम्पिइएको छ।
राइजर दलका अध्यक्ष अनुसार यस प्रक्रियाबाट सबैभन्दा अधिक नोक्सान मुस्लिम मतदाताहरूलाई हुनेछ। उनले आरोप लगाए, भविष्यमा सरकारले यी प्रभावित मुस्लिम मतदाताहरूलाई ‘डी-भोटर’ घोषित गर्ने षड़यन्त्र पनि रचिरहेको छ।
अखिल गोगोईले यसलाई लोकतान्त्रिक अधिकारहरूमाथि हमला बताउँदै भने, प्रशासनिक प्रक्रियाको माध्यमबाट एक समुदायलाई सुनियोजित ढंगमा उच्छेद गर्ने प्रयास गरिँंदैछ।
अर्कोतिर राइजर दलका एकमात्र विधायकमाथि राज्यको सत्ताधारी पार्टी भाजपाले विधानसभा चुनाउलाई मध्यनजर गर्दै भोट ब्यांकको राजनीति गरेको आरोप लगाइरहेको छ। वर्तमानमा सत्ता पक्ष र विपक्षबीच राजनीतिक बयानबाजी तीव्र गतिमा भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा