
मेदिनीपुर, 08 जनवरी (हि. स.)। जिल्लाको केशपुर ब्लक अन्तर्गत आमनपुर पञ्चायतको हिजली प्राथमिक विद्यालयमा मिड-डे मील अवधि गम्भीर लापरवाही भएको मामिला प्रकाशमा आएको छ। आरोप छ, स्कूलमा बाल-बालिकाहरूको लागि ल्याएको काँचो मासुलाई एउटा भुस्याह कुकुरले जुठो बनाइदियो, तर त्यै मासुलाई पछि पकाएर बाल-बलिकाहरूलाई पस्कियो। यस घटनाको जानकारी पाउनसाथ गए बुधवार स्कूल परिसरमा अभिभावकहरूले व्यापक विरोध प्रदर्शन गरे।
वर्ष 1973- मा स्थापित यस स्कूलमा लगभग 60 जना विद्यार्थीहरू अध्ययनरत छन्। गए बुधवार मिड-डे मीलको मेन्युमा मासु निर्धारित थियो। अभिभावकहरूको आरोप छ, मासु किनेर ल्याएपछि शिक्षिकाहरू तथा खाना पकाउनेहरू आफ्नो काममा व्यस्त भए जसले गर्दा काँचो मासु असुरक्षित अवस्थामा भान्सामै लड़िरह्यो। यसबीच एउटा भुस्याह कुकुरले भान्सामा पसेर बाल्टीमा राखिएको मासुलाई खान शुरू गगऱ्यो। केही विद्यार्थीहरूले यो दृश्यलाई हेरिरहेका थिए। आरोप छ, स्कूल प्रबन्धनले विद्यार्थीहरूलाई यो कुरा लुकाउन भने, तर नानीहरूले घरमा गएर परिवारलाई सबै कुरा बताए। रड़ाँकोबीच स्कूलकी प्रधानाध्यापिकाले आरोपहरूलाई पूर्ण रूपले खारेज गर्न सकिनन्, उनले स्थितिलाई सम्हाल्ने प्रयास गरिन्।
स्कूल सूत्रको दाबी छ, त्यै मासु उनीहरूले पनि खाए र कसैलाई कुनै प्रकारको समस्या भएन। अर्कोतिर पश्चिम मेदिनीपुर जिल्ला परिषदका शिक्षा कर्माध्यक्ष श्यामपद पात्रले घटनामाथि संज्ञान लिँदै भने, मामिलाको विस्तृत जाँच गरिँदैछ। उनले आश्वासन दिए, यदि अभिभावकहरूको आरोपलाई सही पाइयो भने दोषीहरूविरूद्ध कड़ा प्रशासनिक कारबाही गरिनेछ।
घटनापछि विद्यार्थीहरूको परिवार उनीहरूको स्वास्थ्यलाई लिएर गहिरो चिन्तामा डुबेका छन्। तथापि चिकित्सकहरूको भनाइ छ, यदि मासुलाई उच्च तापमानमा सही ढंगमा पकाइएको छ भने संक्रमणको खतरा कम हुन्छ तथापि यस्तो लापरवाही नानीहरूको स्वास्थ्यप्रति गम्भीर खेलाइँची हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा