15औं वित्तीय आयोगको राशि खर्च गर्नमा पूर्व मेदिनीपुर जिल्ला राज्यमा अब्बल
15औं वित्तीय आयोगको राशि खर्च गर्नमा पूर्व मेदिनीपुर जिल्ला राज्यमा अब्बल


पूर्व मेदिनीपुर, 08 जनवरी (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाले 15औं वित्त आयोग अन्तर्गत आवन्टन राशिको उपयोगमा राज्यमा पहिलो स्थान हालिस गरेको छ। गए बुधवार साँझ प्रकाशमा आयो, जिल्ला प्रशासनको आँकड़ा अनुसार गत 5 जनवरीसम्ममा मोठ आवन्टनको 69 प्रतिशत राशिलाई खर्च गरिसकेको छ जुन राज्यका अन्य जिल्लाहरूको तुलनामा सर्वाधिक हो।

जिल्ला प्रशासनको सूत्र अनुसार चालू वित्त वर्षमा पूर्व मेदिनीपुरलाई 15औं वित्तीय आयोगबाट 244 कड़ोर 54 लाख रुपियाँ आवन्टन गरिएको थियो जसमा गए 5 जनवरी, सोमवारसम्ममा 168 कड़ोर 73 लाख रुपियाँ खर्च गरिसकिएको छ।

यस निधिको उपयोग मुख्य रूपमा ग्रामीण क्षेत्रहरूमा बुनियादी ढांँचाको विकासमा गरिएको छ। यस अन्तर्गत सड़क निर्माण एवं मरम्मत, पिउने पानीको व्यवस्था, जल निकासी प्रणालीको सुधार, स्ट्रीट लाइट सहित विभिन्न विकास परिोजनाहरूलाई प्राथमिकता दिइएको छ। जिल्लाका 223 ग्राम पञ्चायत, 25 पचायत समिति तथा जिल्ला परिषदका विभिन्न योजनाहरूमा यो राशि वितरण गरिएको छ। राज्य स्तरमा चालू वित्त वर्षमा सबै जिल्लाहरूलाी मिलाए मोठ 4,309 कड़ोर 14 लाख रुपियाँ आवन्टन गरिएको छ जसमध्ये अहिलेसम्ममा 2,496 कड़ोर 33 लाख रुपियाँ अर्थात 57.93 प्रतिशत खर्च भइसकेको छ। खर्चको प्रतिशतको हिसाबमा पूर्व मेदिनीपुर राज्यकै शीर्ष स्थानमा छ।

सूचीमा दोस्रो स्थानमा कालेबुङ जिल्ला छ जहाँ 20 कड़ोर 55 लाख रुपियाँ आवन्टन गरेकोमा 14 कड़ोर 50 हजार रुपियाँ (68.39 प्रतिशत) खर्च भइसकेको छ। यसरी नै तेस्रो स्थानमा हावड़ा जिल्ला छ जहाँको निम्ति आवन्टित 191 कड़ोर 34 लाख रुपियाँमा 126 कड़ोर 55 लाख रुपियाँ (66.14 प्रतिशत) उपयोग भइसकेको छ।

पूर्व मेदिनीपुरका अप्पर जिल्लाधिकारी (जिल्ला परिषद) मानस मण्डलले भने, 15औं वित्त आयोगको राशिको उपयोगमा जिल्ला राज्यमै पहिलो स्थानमा छ। रहल राशिको उपयोग रहल कार्यहरूलाई शीघ्र पूरा गर्नको निम्ति गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande