
गोलाघाट (असम), 6 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, गायक जुबिन गर्गको मृत्युसित सम्बन्धित मामिलाको जाँच प्रक्रियामा नयाँ गति आएको छ। राज्य सरकारले यस दिशामा महत्वपूर्ण फसेला लिरहेको छ।
गोलाघाट जिल्लाको बोकाखातमा आयोजित एक कार्यक्रम पश्चात मीडियासित बातचित गर्दै मुख्यमन्त्रीले बताए, आगामी 9 जनवरीको दिन राज्य मन्त्रीमण्डलको बैठक आयोजना गरिनेछ जसमा स मामिलाको लागि एकजना विशेष सरकारी अधिवक्तालाई नियुक्त गरिनेछ।
मुख्यमन्त्रीले भने, विशेष सरकारी अधिवक्ताद्वारा विशेष अदालतमा सुनवाईको लागि आवश्यक समय-सीमाको जानकारी दिइएपछि सरकारले विशेष अदालत गठन गर्ने आवेदन गर्नेछ। उनले यो पनि बताए, मामिलाको अग्रिम सुनवाई आगामी 18 जनवरीमा निर्धारण गरिएको छ।
डा. हिमन्त बिस्व सरले स्पष्ट पारे, सरकार यस प्रकरणमा पारदर्शी, निष्पक्ष औ समयबद्ध कानूनी प्रक्रिया सुनिश्चित गर्नको लागि पूर्ण रूपले प्रतिबद्ध छ साथै जाँच अनि न्यायिक कारबाहीलाई सशक्त बनाउनको लागि सबै आवश्यक कदम उठाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा