डिब्रुगढ़ः टिंगखोंगमा तेलको पाइपलाइन फुट्यो, क्षेत्रमा आक्रोश एवं भय व्याप्त
डिब्रुगढ़ः टिंगखोंगमा तेलको पाइपलाइन फुट्यो, क्षेत्रमा आक्रोश एवं भय व्याप्त


डिब्रुगढ़ (असम), 06 जनवरी (हि.स.)। डिब्रुगढ़ जिल्लामा आज बिहान त्यसबेला सन्त्राष फैलियो जतिबेला टिंगखोंग क्षेत्रको शालमारीमा एउटा काँचो तेलको पाइपलाइनको पाइप फुट्यो। आज पाइप फुटेको ठाउँमा हिजो राती पनि पाइप फुटेको थियो।

स्थानीय मानिसहरू अनुसार पछिल्लो समयमा पाइपलाइन फुटेकोले सृजना गरेको डर हराएकै थिएन, फेरि आज बिहान लगभग 10 बजा पाइपलाइन फुट्यो जसबाट काँचो तेल पूर्ण चापको साथमा बाहिर बगिरहेको छ। यस नयाँ चुहावटको कारणले ग्रामीणहरू भयभित भएका छन् जसलाई तेल उत्पादक क्षेत्रमा एउटा ठूलो दुर्घटना हुने डरले सताइरहेको छ।

स्थानीय मानिसहरूले ओयल इण्डिया लिमिटेड (ओयल)-माथि लापरवाही गरेको आरोप लगाउँदै भने, रातीको घटनापछि गरिएको मरम्मत अस्थायी मात्र थियो। कम्पनीका अधिकारीहरूले पहिलो विस्फोटपछि चुहावटलाई रोकिदिएको भए पनि मंगलवार बिहान फेरि त्यै ठाउँबाट तेल चुहिरहेको छ।लगभग एक घण्टाको प्रयासपछि ओयलका कर्मचारीहरू दोस्रो पटक चुहावटलाई रोक्न सफल भए।

बारम्बार भइरहेको चुहावटले क्षेत्रमा व्यापक क्षति पुगेको छ। डिब्रुगढ़को टिंगखोंग क्षेत्रमा काँचो तेल खेतीको जमीन र माछा पालनको पोखरीसम्म फैलिएको छ। तेलको लेयरले खेत र पानीका श्रोतहरूलाई ढाकिदिएको छ भने काँचो तेलको तीव्र गन्ध सम्पूर्ण क्षेत्रमा फैलिएको छ जसबाट स्थानीय मानिसहरू आक्रोशित भएका छन्।

ग्रामीणहरूले भने, डिब्रुगढ़मा बारम्बार पाइपलाइन फेल हुनुले तेलको पुरानो पूर्वाधार बिग्रिँदै गइरहेको कुरालाई दर्शाउँछ। उनीहरूले प्रभावित परिवारहरूको लागि तत्काल क्षतिपूर्तिको सहित भविष्यमा यस्ता घटनाहरूलाई रोक्नका लागि स्थायी उपाय अप्नाउने माग गरे जसमा पुरानो पाइपलाइनलाई जमीनमा गाड़्नु वा परिवर्तन गर्नु सामेल छ।

यस घटनाले असमको प्रमुख तेल उत्पादक जिल्लामध्ये एक डिब्रुगढ़मा पाइपलाइनको सुरक्षा, पर्यावरणीय नोक्सान तथा कर्पोरेट जवाफदेहीमाथि फेरि एक पटक गम्भीर चिन्तालाई बढ़ाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande