मेदिनीपुरमा परिवर्तन सभा, 50 परिवार सीपीएम त्यागी भाजपामा सामेल
मेदिनीपुरमा परिवर्तन सभा, 50 परिवार सीपीएम त्यागी भाजपामा सामेल


मेदिनीपुर, 06 जनवरी (हि.स.)। भाजपाका वरिष्ठ नेता दिलीप घोष सक्रिय भएपछि गए सोमवार अबेर साँझ पश्चिम मेदिनीपुर शहरमा एक महत्वपूर्ण परिवर्तन सभाको आयोजन गरियो। सो सभामा सीपीएमबाट अलग्गिएका 50 परिवारले औपचारिक रूपमा भारतीय जनता पार्टी (भाजपा)-को सदस्यता ग्रहण गरे। पार्टी नेताहरूले उनीहरूलाई भाजपाको झण्डा प्रदान गरी भाजपा परिवारमा स्वागत गरे।

सभालाई सम्बोधन ग र्दै दिलीप घोषले भने, “पश्चिम बंगाललाई तृणमूल कंग्रेसको कुशासनबाट मुक्ति दिलाउन आजको समको सबैभन्दा ठूलो माग हो। प्रधानमन्त्री नरेन्द्र मोदीको विकास मोडललाई गाउँ-गाउँमा पुऱ्याउनको लागि नै भाजपाले निरन्तर संघर्ष गरिरहेको छ। यो चुनाउ सत्ता परिवर्तनको मात्र होइन, बंगाललाई बचाउने चुनाउ हो।”

उनले भने, “आज विभिन्न दलका सदस्यहरू भाजपामा सामेल भइरहेका छन्, किनभने जनताले बुझिसकेका छन् कि बंगालको भविष्य भाजपाको हातमै सुरक्षित छ। यस चुनाउमा राज्यका सबै सदबुद्धिसम्पन्न मानिसहरू एकजुट भएर तृणमूलविरूद्ध निर्णायक लड़ाईँ लड़्नुपर्छ।”

सभामा उपस्थित भाजपा नेताहरूले विश्वास व्यक्त गरे, दिलीप घोषको सक्रिय नेतृत्व तथा जनताको बढ़्दो समर्थनबाट पश्चिम बंगालमा परिवर्तन निश्चित छ तथा राज्यमा विकास अनि सुशासनको एउटा नयाँ अध्याय चाँड़ै आरम्भ हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande