बंगाल विधानसभा चुनाउमा केन्द्रिय बलहरूको तैनाथी दुई गुणा हुने सम्भावना
बंगाल विधानसभा चुनाउमा केन्द्रिय बलहरूको तैनाथी दुई गुणा हुने सम्भावना


कोलकाता, 06 जनवरी (हि.स.)। पश्चिम बंगालमा यस वर्ष हुने विधानसभा चुनाउलाई मध्यनजर गर्दै केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ)-को तैनाथी पछिल्लो चार वटा चुनाउको तुलनामा दुई गुणा हुनसक्छ।

राज्यका मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवालले गए सोमवार नयाँ दिल्लीमा चुनाउ आयोग मुख्यालयमा मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारको अध्यक्षतामा सम्पन्न एक बैठकमा भाग लिए। यस बैठकमा पश्चिम बंगाल विधानसभा चुनाउको लागि केन्द्रिय बलहरूको तैनाथी एक प्रमुख एजेण्डा थियो।

मुख्य निर्वाचन अधिकारी कार्यालयको सूत्र अनुसार यदि चुनाउ आयोगले यसपालि मतदान एक वा अधिकतम दुई चरणमा चुनाउ गराउने फसेला गर्छ भने यसको लागि 2 हजार कम्पनीको खाँचो पर्नेछ। पछिल्लो चार वटा चुनाउहरू क्रमैले वर्ष 2016 र 2021-को विधानसभा तथा वर्ष 2019 र 2024-को लोकसभा चुनाउमा औसतन 01 हजार कम्पनीलाई तैनाथ गरिएको थियो। त्यस अवधि सात-आठ चरणमा चुनाउ सम्पन्न गराइएको थियो।

सूत्रले बतायो, कम चरणमा चुनाउ गराउनुको फाइदा तथा नोक्सान दुवै छ। फाइदा यो हुनेछ, राजनीतिक दलहरूले एक ठाउँदेखि अर्को ठाउँमा समर्थकहरूलाई लगेर मतदानको दिन वा त्योभन्दा अगाड़ि मतदाताहरूलाई डर देखाउने जस्तो पारम्पिरक सिकायतहरूलाई परिणाम दिन सक्ने छैनन्।

यद्यपि एक वा दुई चरणमा चुनाउ गराउने स्थितिमा मतदानको दिन सुरक्षाको लागि ठूलो संख्यामा केन्द्रिय बलहरूको आवश्यकता पर्नेछ। यदि चुनाउ आयोगले यसै स्तरको व्यवस्था सुनिश्चित गर्न सक्छ भने कम चरणमा चुनाउ गराउनु पूर्ण रूपले सम्भव मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande