शिक्षकहरूको अपमानमा केजरीवाल विरूद्ध भाजपाले विधाननसभामा गऱ्यो प्रदर्शन
शिक्षकहरूको अपमानमा केजरीवाल विरूद्ध भाजपाले विधाननसभामा गऱ्यो प्रदर्शन


नयाँ दिल्ली, 06 जनवरी (हि.स.)। दिल्ली विधानसभाको शीतकालीन सत्रको दोस्रो दिन मंगलवार भारतीय जनता पार्टी (भाजपा)-का विधायक औ नेताहरूले आम आदमी पार्टी (आआपा)-माथि शिक्षकहरूको अपमान गरेको तथा झुटो राजनीति गरेको आरोप लगाउँदै दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल विरूद्ध प्रदर्शन गरे।

भाजपा नेताहरूले विधानसभा परिसर बाहिर महात्मा गान्धीको मूर्ति मुनि पोस्टर तथा ब्यानर लिएर आआपको विरोध गर्दै नाराबाजी गरे। पोस्टर-ब्यानरमा केजरीवाल माफी माग, झुटो बोलेर शिक्षकहरूलाई बदनाम गर्न बन्द गर जस्ता नाराहरू लेखिएको थियो।

भाजपाले आरोप लगायो, आआप नेताहरूले सरकारी स्कूलहरूका शिक्षकहरूलाई भुस्याह कुकुरहरूको गन्ती गर्ने जिम्मेवारी दिएको सम्बन्धमा झुटो अफवाह फैलायो जबकि यस्तो कुनै आदेश दिइएको छैन। यसबाट शिक्षकहरूको गरिमालाई ठेस पुगेको छ। आआपले झुटो राजीति गरिरहेको छ।

तिमारपुर विधानसभाबाट भाजपा विधायक सूर्य प्रकाश खत्रीले भने, आआपले झुटो राजनीति फैलाइरहेको छ। केजरीवाल र उनका नेताहरूले शिक्षकहरूलाई सम्मान गर्नको सट्टा झुटो बोलेर उनीहरूलाई अपमानित गर्ने काम गरिरहेका छन्। उनले भने, दिललीका जनताले आआपलाई पाठ सिकाएका छन्, त्यसैले अब उनीहरू हताश भएर झुटो बोलिरहेका छन्। केजरीवालले शिक्षकहरूसित माफी माग्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande