शिक्षकहरूको माध्यमबाट कुकुरहरूको गन्ती सम्बन्धित भ्रमपूर्ण बयानलाई लिएर माफी मागुन् केजरीवाललेः सूद
शिक्षकहरूको माध्यमबाट कुकुरहरूको गन्ती सम्बन्धित भ्रमपूर्ण बयानलाई लिएर माफी मागुन् केजरीवाललेः सूद


नयाँ दिल्ली, 06 जनवरी (हि.स.)। दिल्लीका शिक्षा मन्त्री आशिष सूदले आम आदमी पार्टी (आआपा)- संयोजक अरविन्द केजरीवाललाई पत्र लेखी सरकारी स्कूलका शिक्षकहरूलाई कुकुरहरू गन्ती गर्न लगाएको सम्बन्धमा भ्रमित पार्ने किसिमको बयानको लागि माफी माग्न भनेका छन्।

आशिष सूदले आज दिल्ली विधानसभा परिसरमा प्रेस कन्फ्रेन्स आयोजना गरी भने, केजरीवालको अजिम्मेवारीपूर्ण व्यवहारलाई सहन गरिनेछैन। उनले पत्रमा दिल्लीमा सरकारी स्कूलहरूका शिक्षकहरूलाई ड्यूटीमा खटाइएको सम्बन्धमा केजरीवालले हालैमा दिएको गलत तथा भ्रमित पार्ने बयानमाथि गहिरो चिन्ता व्यक्त गरेका छन्।

शिक्षा मन्त्रीले भने, केजरीवालले सार्वजनिक रूपमा शिक्षकहरूलाई भुस्याह कुकुरहरूको गन्ती गर्ने ड्यूटीमा खटाइएको आरोप लगाएका छन्। यो दाबी झुटो मात्र नभएर, तथ्यहरूलाई गम्भीर रूपमा गलत ढंगमा पेश गर्नु पनि हो। यस मामिलामा सरकारी सर्कुलर पहिलाबाटै पब्लिक डोमेनमा छ।

उनले यो पनि भने, प्रशासनमा तपाईको अनुभवलाई हेरेर दिल्लीका पूर्व मुख्यमन्त्रीको रूपमा तपाईको बयानहरूलाई भूल बुझाबुझ मात्र मान्न सकिँदैन। यसको सट्टा यसलाई महत्वपूर्ण सुरक्षा पहललाई सुचारू रूपमा लागू गर्नमा बाधा पुऱ्याउने उनको सुनियोजित चेष्टा झैं देखिन्छ। दुर्भाग्यले यस्तो व्यवहारले एउटा यस्तो प्याटर्नलाई लगातार दर्शाइरहेको देखिन्छ जसमा आआपले कुनै आधार बिनै आरोप लगाउने, सन्त्राष फलाउने तथा जिम्मेवारीदेखि पछि हट्ने शूट-एण्ड-स्कूट राजनीति गर्छ।

शिक्षा मन्त्रीले भने, यस किसिमको राजनीतिले अनावश्यक उथुल-पुथुल उत्पन्न गर्छ, जनताको विश्वासलाई घटाउँछ तथा शासनमा बाधा पुऱ्याउँछ। उनले बाल-बालिकाहरूको कल्याण एवं स्कूलहरूको कामकाजमा यस्तो कृत्यलाई दखल दिने अनुमति दिन सक्दैनन्। पूर्व मुख्यमन्त्रीको रूपमा तपाईले यस्तो गलत जानकारी फैलाएकोमा दिल्लीका मानिसहरूसित सार्वजनिक रूपमा माफी माग्नुपर्छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande