
कोलकाता, 6 जनवरी (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार आरोप लगाइन्, राज्यमा भइरहेको मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) अवधि चुनाउ आयोगले भारतीय जनता पार्टी (भाजपा)- को आईटी सेलद्वारा विकसित मोबाइल एपलाई प्रयोग गरिरहेको छ। उनले यसलाई अवैध, असंवैधानिक तथा अलोकतान्त्रिक बताइन्।
दक्षिण 24 परगना जिल्लाको सागर द्वीपमा आयोजना हुने गंगासागर मेलाको तयारीको समीक्षा गरेर फर्केपछि मुख्यमन्त्री ममता ब्यानर्जीले पत्रकारहरूसित कुराकानी गर्दै भनिन्, चुनाउ आयोगले मतदाता सूची संशोधनको नाममा गलत तरिका अप्नाइरहेको छ। उनले आरोप लगाइन्, योग्य मतदाताहरूलाई मृत देखाइँदैछ भने बुजुर्ग, बिमारीहरूलाई बलजफ्ती सुनवाईको लागि बोलाइँदैछ।
ममता ब्यानर्जीले भनिन्, यस सम्पूर्ण प्रक्रियामा भाजपाको सूचना प्रौद्योगिकी एकाईद्वारा बनाइएको मोबाइल एपको उपोग गरिँदैछ जुन पूर्ण रूपले गैर-कानूनी हो। उनले भनिन्, यो सिलसिला अब चल्न सक्दैन।
चुनाउ आयोगमाथि यो ताजा आरोप यस्तो समयमा लागेको छ जतिबेला तृणमूल कंग्रेसका सांसद डेरेक ओ ब्रायनले यसै मुद्दामा उच्चतम न्यायालयको ढोका ढक्ढकाएका छन्। याचिकामा आरोप लगाइएको छ, पश्चिम बंगालमा एसआईआर अवधि चुनाउ आयोगले मनमानी तथा प्रक्रियादेखि हटेर कदम उठाएको छ।
मुख्यमन्त्रीले आम मानिसहरूसित अपील गर्दै भनिन्, एसआईआरमा भाग लिँदा उनीहरू सतर्क रहुन् तथा ती मानिसहरूलाई साथ दिउन् जसलाई यो प्रक्रियादेखि समस्या भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा