
धुबड़ी (असम), 6 जनवरी (हि.स.)। जिल्लाको बिलासीपारा उपमण्डलको चारुआखरा क्षेत्रमा मंगलवार प्रशासनले व्यापक रूपमा अतिक्रमण हटाऔं अभियान शुरू गऱ्यो। यस अभियान अन्तर्गत सरकारी भूमिमा गरिएको अवैध कब्जालाई हटाउनको लागि बुलडोजर चलाइँदैछ।
प्रशासनिक सूत्र अनुसार यस कारबाहीमा लगभग 3,500 बिघा भूमिलाई अतिक्रमण मुक्त बनाइनेछ। कुनै पनि अप्रिय स्थितिसित भिड़्नको लागि घटनास्थलमा भारी मात्रामा पुलिस बललाई तैनाथ गरिएको छ।
अभियानको निगरानी वरिष्ठ प्रशासनिक औ पुलिस अधिकारीहरूले गरिरहेका छन्। प्रशासनको भनाइ छ, सरकारी भूमिलाई मुक्त बनाउने उद्देश्यले यो कारबाही गरिँदैछ। आवश्यकता परे अभियान आगामी दिनममा पनि जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा