
हावड़ा, 06 जनवरी (हि.स.)। हावड़ाको मुम्बई रोडमा मंगलवार बिहान भएको एक सड़क दुर्घटनामा दुई जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। यस भयानक दुर्घटनामा कुखुरा लादिएको वाहन पूर्ण रूपले क्षतिग्रस्त भएको छ।
जानकारी अनुसार मंगलवार बिहान लगभग 6:15 बजी हावड़ाको बरूणदास्थित मुम्बई रोडको कोलकाता-मुखी लेनको किनारमा एउटा लरी बिसाएको थियो। त्यसबेला लरीमा चालक थिएन। यसै अवधि देउलटीबाट आइरहेको कुखुरा लादिएको वाहन लरीसित पछाड़िबाट ठोक्कियो। घटनापछि वाहन चालक र उसको साथी केबिनभित्रै फसे भने खलासी वाहनबाट उछिटिएर भुइँमा झरे।
घटना बारे सूचना पाउनसाथ बागनान थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले क्याबिनमा फसेका दुवै मानिसहरूलाई बाहिर निकाल्यो, तर त्यसबेलासम्ममा उनीहरूको मृत्यु भइसकेको थियो। दुवै शवलाई पोस्टमर्टम गर्नको लागि पठादिएको छ भने घाइते खलासीलाई अस्पतालमा भर्ती गरिएको छ।
जानकारी अनुसार पोल्ट्री लादिएको वाहन नवासानस्थित एउटा पोल्ट्री फार्मबाट कुखुराहरू लिएर देउलटी गएको थियो अनि त्यहाँबाट जयपुरतर्फ गइरहेको थियो।
पुलिसको प्राथमिक अनुमानमा घना कुहिरोको कारण यो दुर्घटना भएको हुनसक्छ। तथापि पुलिसले यो पनि जाँच गरिरहेको छ कि वाहनमा कुनै तकनिकी खराबी त भएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा