आईआईटी खड़गपुरलाई भारतीय अभियन्ता संस्थाको इञ्जीनियरिङ शिक्षा उत्कृष्टता सम्मान- 2025
आईआईटी खड़गपुरलाई भारतीय अभियन्ता संस्थाको इञ्जीनियरिङ शिक्षा उत्कृष्टता सम्मान- 2025


खड़गपुर, 06 जनवरी (हि. स.)। भारतीय प्रौद्योगिकी संस्थान खड़गपुर (आईआईटी खड़गपुर)-लाई अभियन्ता शिक्षाको क्षेत्रमा समग्र उत्कृष्ट प्रदर्शनको निम्ति भारतीय अभियन्ता संस्थाद्वारा प्रदत्त इञ्जीनियरिङ शिक्षा उत्कृष्टता सम्मान–2025 ले सम्मानित गरिएको छ।

यो सम्मान मंगलवार दुर्गापुरमा आयोजित 40औं भारतीय अभियन्त्रण अधिवेशनको अवसरमा प्रदान गरियो। संस्थानको पक्षबाट यो सम्मान प्रोफेसर नीरज कुमार गोयल, सह–अधिष्ठाता (रणनीति एवं विश्लेषण)-ले ग्रहण गरे।

आईआईटी खड़गपुरलाई यो उपलब्धि अभियन्ता शिक्षा, उन्नत अनुसन्धान, नवाचार, शैक्षणिक नेतृत्व तथा राष्ट्र निर्माणमा निरन्तर योगदान दिए बापत प्रदान गरिएको हो। देशकै पहिलो भारतीय प्रौद्योगिकी संस्थानको रूपमा आईआईटी खड़गपुरले उच्च तकनिकी शिक्षा औ अनुसन्धानको क्षेत्रमा सदैव नयाँ मानदण्ड स्थापना गरेको छ।

संस्थानले यस सम्मानको लागि भारतीय अभियन्ता संस्थाप्रति कृतज्ञता व्यक्त गर्दै भन्यो, यो उपलब्धि संस्थानका शिक्षकगण, विद्यार्थीगण, पूर्व विद्यार्थीगण, कर्मचारीगण तथा सहयोगी संस्थानहरूको सामूहिक प्रयासको परिणाम हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande