
नगाउँ (असम), 6 जनवरी (हि.स.)। धिंग विधानसभा क्षेत्रको डुमडुमिया गाउँस्थित श्रीश्री नरोवा बालीसत्रको डेका सत्रियाको परिवारसित सम्बन्धित ड्राफ्ट मतदाता सूचीलाई लिएर विवाद सृजना भएको छ। आरोप छ, ड्राफ्ट भोटर लिस्टमा केही यस्ता नामहरूलाई जोड़िएको छ जसको सत्रिया परिवारसित कुनै सम्बन्ध छैन।
आरोप अनुसार डेका सत्रिया यादवचन्द्र देव गोस्वामीको परिवारको सूचीमा जहुरा खातून, शहिदुल इस्लाम र शमिम अनिसाको नामलाई सामेल गरिएको छ। स्थानीय मानिसहरूको दाबी छ, यी नामहरू यसअघि कहिल्यै पनि गोस्वामी परिवारसित सम्बन्धित थिएन।
ड्राफ्ट मतदाता सूचीमा कथित रूपमा अज्ञात व्यक्तिहरूको नाम सामेल भएकोमा मतदाता सूचीको सत्यता तथा जाँच प्रक्रियामाथि गम्भीर प्रश्न उठिरहेको छ। यस मुद्दालाई लिएर क्षेत्रमा तीव्र प्रतिक्रिया देखिँदैछ।
स्थानीय नागरिक एवं सामाजिक संगठनहरूले चुनाउ विभागसित सम्पूर्ण मामिलाको निष्पक्ष जाँच गर्ने अनि पात्र मतदाताहरूको नामलाई मात्र सूचीमा सामेल गर्ने माग गरेका छन्।
अन्तिम सूचनासम्म पनि चुनाउ प्रशासनले यस सम्बन्धमा कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरेको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा