
खड़गपुर, 06 जनवरी (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर लोकल थाना अन्तर्गत कलाइकुंडा क्षेत्रको शोभापुरमा गए सोमवार राती एक स्क्र्याप गोदाममा भीषण आगो लागेको घटनाले सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो। आगलागीको कारण शर्ट सर्किट हुनसक्ने बताइँदैछ।
आगोका ज्वालाहरू द्रूत गतिमा फैलिएको कारणले गोदाम वरपर बस्ने मानिसहरू भयभित भए। गोदाममा प्रचुर मात्रामा पुरानो ड्रम र अन्य स्क्र्यापका सामग्रीहरू राखिएको थियो जसले गर्दा आगोले विकराल रूप लियो। तत्कालै खड़गपुर फायर ब्रिगेडलाई सूचना दिइएको भए पनि टाड़ा परेको कारणले अग्निशमन कर्मीहरूलाई घटनास्थलमा आइपुग्न धेरै समय लाग्यो।
तथापि दमकल कर्मीहरूको तत्परताले क्षणभरमै आगोलाई नियन्त्रित गरियो जसबाट एउटा ठूलो दुर्घटना हुनदेखि बच्यो। स्थानीय मानिसहरूको भनाइ छ, यदि वरपरका आवासीय क्षेत्रमा आगो फैलिएको भए स्थिति अत्यन्त भयानक हुनसक्थ्यो।
जिल्ला आईएनटीटीयूसी अध्यक्ष गोपाल खटुआले बताए, उक्त स्क्र्याप गोदाम स्थानीय शेख मन्टुको हो। गोदाममा राखिएका स्क्र्याप सामग्रीहरू जलेर खरानी भएको छ। तथापि कुनै प्रकारको जनहानि भएको सूचना छैन। तर गोदाम मालिकलाई भने ठूलो क्षति भएको छ।
घटना बारे जानकारी पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर सम्पूर्ण मामिलाको जाँच शुरू गऱ्यो। आगलागीको सठीक कारम पत्तो लगाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा