कालियाचकमा गोलीकाण्ड, एक जना गम्भीर घाइते
कालियाचकमा गोलीकाण्ड, एक जना गम्भीर घाइते


मालदह, 06 जनवरी (हि.स.)। जिल्लाको कालियाचक क्षेत्रमा फेरि एकपटक गोलीकाण्ड भएको प्रकाशमा आएको छ। यस घटनामा एक जना व्यक्ति गम्भीर रूपमा घाइते भयो भने अर्को व्यक्तिमाथि कुटपिट गरिएको आरोप छ। घटनाको कारण क्षेत्रमा तनाउ फैलिएको छ। यो घटना मंगलवार बिहान कालियाचक थाना अन्तर्गत यदुपुर क्षेत्रमा भएको हो।

स्थानीय सूत्र अनुसार हमलाकारी औ पीड़ित दुवै नै तृणमूल समर्थक रहेको बताइएको छ। जानकारी मुताविक जलालुद्दीन शेख उपाम लुपुलाई लक्षित गरेर गोली चलाइयो। गोली उनको पेटमा लागेपछि उनी गम्भीर रूपमा घाइते भए जसपश्चात उनलाई मालदह मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरियो जहाँ उनको उपचार भइरहेको छ। यस घटनामा अर्को व्यक्तिलाई पनि सोही अस्पतालमा भर्ती गरिएको छ।

स्थानीय सूत्र अनुसार क्रिकेट म्याचलाई लिएर दुई पक्षमाझ विवाद भएको थियो। आरोप छ, विवादलाई शान्त नाउने प्रयास गर्दा लुपुमाथि हमला गरियो। उनलाई बचाउन आएको अर्को व्यक्तिमाथि पनि हमला भयो। कथित रूपमा बन्दुकको बटले तिनीमाथि हमला गरियो।

लुपुको परिवारको आरोप छ, स्थानीय तृणमूल नेता बाबर शेखको छोरा हेदायत शेखले गोली चलाएको हो। तथापि यो समाचार लेखुञ्जेलसम्म यस मामिलामा कसैलाई पक्राउ गरिएको थिएन।

घटनाको सूचना पाउनसाथ कालियाचक थाना पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। मालदहका पुलिस अधीक्षक अभिजीत ब्यनर्जीले भने, हामीलाई घटनाबारे जानकारी प्राप्त भएको छ। जो नै भए पनि घटनामा सामेल हुनेहरूविरूद्ध कड़ा कारबाही गरिनेछ। उनले यो पनि बताए, घटनाको कारण पत्तो लगाउन जाँच गरिँदैछ साथै विभिन्न स्थानहरूमा खोजी अभियान संचालन गरिंदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande