
कोलकाता, 06 जनवरी (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले आधुनिक भारतीय जादूका जनक प्रोफेसर पी.सी. सरकार सीनियरको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली दिइन्।
मंगलवार उनले सोशल मीडिया मञ्च एक्समा एउटा पोस्ट साझा गरी देश र दुनियाँमा भारतीय जादूलाई नयाँ पहिचान दिलाउने महान जादूगरलाई स्मरण गरिन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनिन्, कि पी.सी. सरकार सीनियरले आफ्नो अद्भुत कला, मिहेनत तथा रचनात्मकताबाट जादूलाई मनोरञ्जनसम्म मात्र सिमीत नराखेर एक सम्मानित कलाको रूपमा पि स्थापित गरे। उनले भारतीय संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित तुल्याए।
ममता ब्यनर्जीले यो पनि भनिन्, पी.सी. सरकार सीनियरका योगदान भावी पिँढ़ीको लागि प्रेरणाश्रोत बनिरहनेछ साथै जादूको संसारमा उनको नाम सदैव अमर रहनेछ।
--
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा