
सिलगढ़ी, 06 जनवरी (हि.स.)। फाँसीदेवाको विधाननगरस्थित एक राष्ट्रियकृत ब्यांकमा ड्यूटीमा तैनाथ सुरक्षा गार्डको हातबाट बन्दुक झरेर अचानक गोली चल्यो। यस घटनाको कारण कोकोहोलो मचियो। घटनामा पाँच जना मानिसहरू घाइते भएका छन् जसमा एक जना किशोरी र दुई जना महिलाहरू सामेल छन्।
सूत्र अनुसार सुरक्षा गार्ड ब्यांकभित्र आफ्नो ड्यूटीमा तैनाथ थियो। यसै अवधि बन्दुक उनको हातबाट चिप्लेर भुइँमा झऱ्यो अनि गोली चल्न थाल्यो। त्यसबेला ब्यांकमा उपस्थित मानिसहरूको खुट्टामा गोली लाग्यो। घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि घाइतेहरूलाई प्राथमिक उपचारपछि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइयो। पुलिसले बन्दुकलाई जफत गरेको छ।
घटना बारे जानकारी पाएर एसडीपीओ नक्सलबाड़ी तथा सीआई नक्सलबाड़ी पनि घटनास्थलमा पुगे। हाल सुरक्षा कारणले राष्ट्रियकृत ब्यांकलाई अस्थायी रूपमा बन्द गरिएको छ। पुलिस घटनाको जाँचमा जुटिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा