भांगड़मा तृणमूल कार्यकर्तामाथि कुटपिट गरेको आरोप, जाँचमा जुट्यो पुलिस
भांगड़मा तृणमूल कार्यकर्तामाथि कुटपिट गरेको आरोप, जाँचमा जुट्यो पुलिस


भांगड़, 06 जनवरी (हि.स.)। दक्षिण 24 परगना जिल्लाको भांगड़मा गए सोमवार राति तृणमूल कंग्रेसका एक जना कार्यकर्तामाथि कुटपिट गरेको आरोप आईएसएफ समर्थकहरूमाथि लागेको छ। यो घटना भांगर दुई नम्बर ब्लकको उत्तर काशीपुर थाना अन्तर्गत छेलेगोयालियामा भएको हो। मामिलामाको सिकायतको आधारमा पुलिसले जाँच शुरू गरेको छ।

घाइते तृणमूल कार्यकर्ताको पहिचान शरिफुल मोल्लाको रूपमा भएको छ। आरोप छ, आईएसएफ समर्थकहरूले क्यानिंग पूर्वका विधायक शौकत मोल्लालाई गाली गरिरहेका थिए। शरिफुल मोल्लाले यसको विरोध गर्दा तिनीमाथि हमला गरी मरूञ्जेल कुटे।

घटनापछि गम्भीर रूपमा घाइते अवस्थामा शरिफुललाई जिरेनगाछा प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ती गरियो जहाँ तिनको उपचार भइरहेको छ।

शरिफुल मोल्लाकी पत्नी नसिमा बीबीले बताइन्, विधायक शौकत मोल्ला विरूद्ध अभद्र टिप्पणीको विरोध गर्दा उनका पतिमाथि कुटपिट गरिन्। तिनले यो पनि भनिन्, यस घटनालाई लिएर थानामा लिखित सिकायत दर्ता गरिनेछ।

यस मामिलामा प्रतिक्रिया व्यक्त गर्दै क्यानिंग पूर्वका विधायक शौकत मोल्लाले आरोप लगाए, “भांगड़मा आईएसएफले पगला कुकुरले जस्तै व्यवहार गरिरहेको छ। जताततै हला गरिरहेको जसले गर्दा क्षेत्रको माहोल बिग्रिएको छ। जति नै प्रयास गरे पनि भांगड़ विधानसभामा अन्ततः तृणमूल कंग्रेसले नै जित्नेछ।

तथापि यस घटनालाई लिएर आईएसएफको पक्षबाट यो समाचार लेखुञ्जेलसम्म कुनै प्रतिक्रिया व्यक्त गरिएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande