
उत्तर 24 परगना, 06 जनवरी (हि.स.)। जिल्लाको हिंगलगञ्जस्थित दुलदुलीका कतिपय स्थानहरूमा मंगलवार धम्कीपूर्ण पोस्टरहरू टाँसिएको देखियो। पोस्टरहरूमा भाजपा नेता तरूण मण्डललाई गम्भीर धम्की दिइएको छ।
पोस्टरहरूमा लेखिएको छ, भाजपा नेता तरूण मण्डलको टाउको काटिने, भाजपा नेता होशियार रहुन्। यसको साथै पोस्टरहरूमा यो पनि उल्लेख गरिएको छ, यदि शुभेन्दु अधिकारी वा अन्य राज्यस्तरीय भाजपा नेताले जनसभा गऱ्यो भने त्यसको गम्भीर परिणाम हुनेछ।
यी पोस्टरहरू सामु आउनसाथ सम्पूर्अण हिंगलगञ्ज क्षेत्रमा अड़कल अनि चर्चाहरू चुलिएको छ। तथापि जुन भाजपा नेतालाई धम्की दिइएको छ, ती भाजपा नेता तरूण मण्डलले भने, उनी यी पोस्टरहरूदेखि अलिकति पनि विचलित भएका छैनन्। उनले आरोप लगाए, हिंगगञ्जमा तृणमूल कंग्रेसको धरातल खोसिसकेको छ, त्यसैले उनीहरूले यस्तो घृणित राजनीति गरिरहेका छन्। तरुण मण्डलले दाबी गरे, वर्ष 2026-को विधानसभा चुनाउमा हिंगलगञ्जमा तृणमूलको हात तय छ, त्यसैले डर फैलाउने प्रयास गरिँदैछ।
अर्कोतिर यस मामिलामा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै स्थानीय तृणमूल नेता तुषार मण्डलले भने, पोस्ट टाँसिएका क्षेत्रहरूमा भाजपालाई दुई-चार वटा मात्र भोट प्राप्त हुनेछ, ती क्षेत्रहरूमा भाजपाको कुनै संगठन नै छैन। उनले अझ भने, उनलाई थाहा छैन कि पोस्टर कसले टाँसेको हो, तर यस घटनाको माध्यमबाट तृणमूलको छवि धमिल्याउने षड़यन्त्र गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा