ग्याङ्ग्स्टर मामिलामा फरार अपराधी पक्राउ
ग्याङ्ग्स्टर मामिलामा फरार अपराधी पक्राउ


प्रयागराज, 06 जनवरी (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लाको कौंधियारा थाना पुलिसले मंगलवार ग्याङ्ग्स्टर मामिलामा फरार एक अपराधीलाई पक्राउ गरेको छ। पक्रा परेको अपराधी विरुद्ध कानूनी कारबाही गर्दै उसलाई जेल पठाइएको छ।

यमुनानगरका पुलिस उपायुक्त विवेक चन्द्र यादवले भने, जिल्लाबाट प्रतिबन्धित पक्रा परेको अपराधी राकेश चौधरी कौंधियारा पुलिस थाना क्षेत्रको भामोखर गाउँको बासिन्दा हो। ग्याङ्ग्स्टर मामिलामा उसको आपराधिक गतिविधिलाई ध्यानमा राख्दै अतिरिक्त अपर पुलिस आयुक्त अदालतले उसलाई छह महिनाको लागि जिल्लाबाट प्रतिबन्धित गरेको थियो। कौंधियारा पुलिस टोलीले मंगलवार सूचनाको आधारमा उसलाई पक्राउ गऱ्यो। पुलिस टोलीले अदालतको आदेश उल्लङ्घन गरेको र गुण्डा एक्ट अन्तर्गत उ विरूद्ध कौंधियारा थानामा मुद्दा दर्ता गरेको छ र अपराधीलाई जेल पठाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande