कुलतली : नाबालिकासित विवाह गर्न आएको युवक पुलिसको कब्जामा
कुलतली : नाबालिकासित विवाह गर्न आएको युवक पुलिसको कब्जामा


कुलतली, 06 जनवरी (हि.स.)। दक्षिण 24 परगना जिल्लाको कुलतली क्षेत्रमा नाबालिकासित विवाह गर्न आएको एकजना युवकलाई पुलिसले गए सोमवार राती पक्राउ गऱ्यो। आरोपी युवकको पहिचान बहरडु निवासी 22 वर्षीय आरिफुल मोल्लाको रूपमा भएको छ। जानकारी अनुसार कुलतली क्षेत्रकी एकजना नाबालिकासित ुउसको विवाह तय भएको थियो।

पुलिसलाई गुप्त सूत्र मार्फत यस अवैध विवाहको सूचना प्राप्त भएपछि बाल कल्याण विभागको सहयोगमा पुलिसले उक्त विवाहको प्रक्रियालाई तुरून्तै रोकिदियो।

यस मामिलामा पुलिसले आरोपी युवक आरिफुल मोल्लासँगसँगै नाबालिकाका पिता र काकालाई पनि हिरासतमा लिएको छ। साथै बेहुलाको मामामालाई पनि कुलतली थाना पुलिसले हिरासतमा लिएको छ। नाबालिकालाई सुरक्षित रूपमा उद्धार गरी थानामा लगिएको छ।

पुलिसले नाबालिकासित बातचित गरी यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि उसलाई बलजफ्ती विवाह गर्नको लागि विवश बनाइरहेको त थिएन।

सरकारको पक्षबाट बारम्बार बाल विवाहलाई रोक्नको लागि जागरूकता अभियान संचालन गरिँदै आइरहेको भए पनि ग्रामीण क्षेत्रहरूमा यस किसिमको अवैध घटनाहरू अहिले पनि हुँदै आइरहेका छन्। प्रशासनले स्पष्ट पारेको छ, कानूनको उल्लंघन गरी बाल-बालिकाहरूको भविष्यलाई बर्बाद बनाउने कुनै पनि प्रयासविरूद्ध कड़ाभन्दा कड़ा कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande