
कोलकाता, 06 जनवरी (हि.स.)। महानगर कोलकाता समेत सम्पूर्ण राज्यमा औधी जाड़ो भएको छ। मंगलवारको दिन यस मौसमको सबैभन्दा चिसो दिनको रूपमा दर्ता गरिएको छ, किनभने राजधानी कोलकातामा तापमान 10 डिग्री सेल्सियस लगभग पुगेकोछ। कोलकातामा जनवरी महिनाको जाड़ोले यसपालि सबै पुरानो रेकर्डहरूलाई पछि पारेको छ। मंगलवार शहरको न्यूनतम तापमान घटेर 10.2 डिग्री सेल्सियस दर्ता गरियो जुन जनवरी महिनामा अहिलेसम्मकै कम तापमान हो।
मौसम विभाग अनुसार, यसपूर्व जनवरीमा कोलकाताको तापमान कहिल्यै यतिसम्म घटेको थिएन। शहरका उपनगरहरू लगायत वरपरका केही ठाउँहरूको तापमान 10 डिग्रीभन्दा तल झरेको छ।
मंगलवार भोर बिहान कोलकातामा हल्का धमिलोपन देखियो भने वरवरका जिल्लाहरूमा गए सोमवार अबेर रातीदेखि नै धमिलोपन छाएको छ। बितेको 15 वर्षमा जनवरी महिनामा एकपटक मात्र कोलकाताको तापमान 11 डिग्रीभन्दा कम भएको थियो। वर्ष 2023- को जनवरीमा न्यूनतम तापमान 10.9 डिग्री दर्ता गरिएको थियो, तर यसपालि त्यो रेकर्ड पनि पछि परेको छ। यसअघि वर्ष 2012-को दिसम्बर महिनामा एकपटक तापमान 10 डिग्रीसम्म घटेको थियो भने वर्ष 1965- को दिसम्बरमा तापमान 7.2 डिग्रीसम्म पुगेको थियो।
मौसम विभागले बताएको छ, यो सप्ताहमा कोलकाता सहित गंगाको मैदानी दक्षिण बंगालका जिल्लाहरूमा तापमान अझ घट्नसक्छ। बुधवार र बिहीवार दक्षिण बंगालमा रातीको तापमान लगभग दुई डिग्री कम हुनसक्छ। त्यसपछि आगामी चार-पाँच दिनसम्म तापमानमा कुनै ठूलो परिवर्तन हुने सम्भावना छैन। यस अवधि दिनको अधिकतम तापमान पनि सामान्यभन्दा तीनदेखि पाँच डिग्रीसम्म कम रहनसक्छ।
मंगलवार पूर्व र पश्चिम बर्दवान, बाँकुड़ा, बीरभूम, मुर्शिदाबाद औ नदिया जिल्लाका केही क्षेत्रहरूमा ‘शीतल दिन’ हुनसक्छ। बुधवार बाँकुड़ालाई छाड़ी अन्य सबै जिल्लाहरूमा पनि ‘शीतल दिन’ रहनसक्छ। मुर्शिदाबाद एवं नदिया जिल्लामा घना धमिलोपनलाई लिएर चेताउनी जारी गरिएको छ।
उत्तर बंगालमा पनि आगामी केही दिनसम्म लगभग सबै जिल्लाहरूमा घना कुहिरो लाग्ने सम्भावना छ। बिहान घना कुहिरोको कारणले दृश्यता धेरै कम हुनसक्छ। उत्तर बंगालको उत्तर र दक्षिण दिनाजपुर औ मालदा जिल्लामा पनि ‘शीतल दिन’ जस्तै स्थिति हुनसक्छ।
मौसम विभागले मानिसहरूलाई जाड़ो र कुहिरोलाई ध्यानमा राखेर सतर्क रहने सल्लाह दिएको छ। उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ र कालेबुङको तापमान 2-3 डिग्री सेल्सियस लगभग रहेको छ। दार्जीलिङमा हिमपात हुने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा