तुष्टिकरणको राजनीति असमियाको लागि दुर्भाग्य निम्ताउनेछः मुख्यमन्त्री
तुष्टिकरणको राजनीति असमियाको लागि दुर्भाग्य निम्ताउनेछः मुख्यमन्त्री


लखिमपुर (असम), 08 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार लखिमपुरमा चर्को राजनीतिक टिप्पणी गर्दै भने, तुष्टिकरमको राजनीतिले असमियाहरूको लागि अझ बढ़ी दुर्भाग्य लिएर आउनेछ। उनले दाबी गरे, राज्यमा मियाँ मुसलमानहरूको जनसंख्या भविष्यमा बढ़ेर 40 प्रतिशतसम्म पुग्नसक्छ।

मीडियासित बातचित गर्दै मुख्यमन्त्रीले भने, उनले असममा कुनै प्रभावकारी विपक्षको उपस्थिति वा प्रभाव देखेका छैनन्। उनले भने, “राज्यमा कुनै विपक्ष होइन। मैले विपक्षको कुनै प्रभाव देखेको छुइनँ।”

कंग्रेसमाथि सोझै हमला गर्दै मुख्यमन्त्रीले भने, असममा पार्टीको प्रासंगिकता समाप्त भइसकेको छ। उनले आरोप लगाए, अवैध बंगलादेशी अनुप्रवेशकारीहरू बाहेक कंग्रेसलाई समर्थन गर्ने अन्य कोही छैन। उनले भने, “असममा कंग्रेसको कुनै प्रासंगिकता छैन। कंग्रेसलाई कुनै महत्व दिने आवश्यकता छैन।”

मुख्यमन्त्रीको उपरोक्त बयान राज्यमा सत्तासिन भाजपा र विपक्षी कंग्रेसबीच भइरहेको राजीतिक बयानबाजीबीच सामु आएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande