तृणमूलले श्मशानको भूमि बेचेको भाजपाको आरोप
तृणमूलले श्मशानको भूमि बेचेको भाजपाको आरोप


मेदिनीपुर, 09 जनवरी (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको मयना विधानसभा क्षेत्र अन्तर्गत तमलुक ब्लकमा सरकारी श्मशान औ सिचाई विभागको भूमिलाई अवैध रूपमा बेचेको गम्भीर आरोप प्रकाशमा आएको छ। यो आरोप भारतीय जनता पार्टी (भाजपा)-का विधायक अशोक निन्दाले स्थानीय तृणमूल नेतामाथि लगाएका छन्। तथापि तृणमूल नेताले उक्त आरोपलाई शिराबाट खारेज गरिदिएका छन्।

भाजपा विधायक अशोक दिन्दाको आरोप छ, श्रीरामपुर-एक ग्राम पञ्चायतको तेलिपोता बजार क्षेत्रमा अवस्थित सरकारी श्मशान सहित सिचाई विभागको जमीनलाई अवैध रूपमा बेचिएको छ। यस मामिलालाई लिएर उनले अदालतको ढोका पनि ढक्ढकाएका छन्। यस घटनालाई लिएर सम्पूर्ण क्षेत्रमा राजनीतिक हावा तातिएको छ।

भनिन्छ, श्रीरामपुर ग्राम पञ्चायतको तेलिपोता बजारस्थित हाँसुआखाली नहरको बाँध संलग्न सड़क किनारको जमीनलाई तृणमूल नेता चित्तरञ्जन भौमिकले लामो बार बारेर घेरेका छन्। आरोप छ, यो जमीनलाई आम मानिसहरूको आवागमनको लागि उपोगमा ल्याइएको थियो। यस सम्बन्धमा चित्तरञ्जन भौमिककी आफन्त ज्योत्स्ना भौमिकले ब्लक प्रशासन र पुलिसमा लिखित सिकायत पनि दर्ता गराएकी छन्।

सिकायत पत्रमा उल्लेख गरिएको छ, नहर किनारस्थित सार्वजनिक मार्गको जमीनलाई कथित रूपमा धनको सट्टा अवैध रूपमा बेचिँदैछ। यसको साथै नहर नजिकै अवस्थित सरकारी श्मशान भूमिलाई पनि बेच्ने चेष्टा गरिएको आरोप लगाइएको छ। यस सम्पूर्ण मामिलामा बिहीवार साँझ फोनमा सम्पर्क गरेर भाजपा विधायक अशोक निन्दाले आरोपहरूको पुष्टि गरे।

मामिलाको जानकारी पाएपछि मयनाका विधायक अशोक निन्दाले नहर किनारमा अवस्थित क्षेत्रको बिहीवार निरीक्षण गरी स्थानीय मानिसहरूसित बातचित गरे। त्यसपछि उनले आरोप लगाए, तृणमूल कंग्रेसका नेताले ठूलो धनराशि लिएर सार्वजनिक उपयोगको जमीनलाई बिक्री गरिरहेका छन्। उनले यो पनि दाबी गरे, नहर किनारमा रहेको सरकारी रूखहरूलाई पनि काटिएको छ। मामिलाको जानकारी बीडीओ र भूमि सुधार विभागलाई दिइएको छ।

अर्कोतिर उपरोक्त आरोपहरूमाथि प्रतिक्रिया व्यक्त गर्दै ग्राम पञ्चायतका विपक्षी नेता तथा तृणमूल कंग्रेसका क्षेत्रीय अध्यक्ष चित्तरञ्जन भौमिकले बिहीवार अबेर साँझ भने, तेलिपोता बजार नजिक जुन जमीनलाई लिएर भाजपाले आरोप लगाइरहेको छ, त्यो पूर्ण रूपमा रैयती भूमि हो। उनले दाबी गरे, उक्त जमीनलाई पाँचजना मानिसहरूले मिलेर खरिद गरेका छन् र त्यहाँ कुनै प्रकारको सार्वजनिक बाटो छैन।

चित्तरञ्जन भौमिकले यो पनि स्पष्ट पारे, श्मशान भूमि सम्बन्धित खसरा नम्बर 762 मा स्थित छ जहाँ आउन-जानको लागि भिन्नै बाटो छ। उनले भने, आफ्नो रैयती जमीनलाई घेराबन्दी गरिएको हो। धनको सट्टामा जमीन बेचेको आरोप पूर्ण रूपले निराधार तथा राजनीतिक उद्देश्यले प्रेरित छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande