परस्त्रीसित सम्बन्धको कारण युवकको हत्या, तीन पक्राउ
परस्त्रीसित सम्बन्धको कारण युवकको हत्या, तीन पक्राउ


मेदिनीपुर, 09 जनवरी (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको केशपुर थाना क्षेत्रमा एक सन्त्राषपूर्ण हत्याको मामिलालाई पुलिसले उजागार गरेको छ। पुलिस जाँचमा थाहा लागेको छ, कथित रूपमा परमहिलासित आपत्तिजनक स्थितिमा फेला परेपछि एक जना युवकलाई मरूञ्जेल कुटपिट गरियो जसले गर्दा उसको मृत्यु समेत भयो। मृतकको पहिचान मीरपुर गाउँ निवासी शिशिर मल्लिलको रूपमा भएको छ।

पुलिस अनुसार गत 23 दिसम्बरको दिन केशपुर ब्लकको एनायेतपुर ग्राम पञ्चायत अन्तर्गत विश्वनाथपुर क्षेत्रमा महिला फुटबल टुर्नामेन्ट भइरहेको थियो। यसै अवधि शिशिर मल्लिक उर्मिला हेमब्रमको घरमा पुग्यो जतिबेला उर्मिलाका पति सुनिल हेमब्रम घरमा थिएन। आरोप छ, सुनिलको मित्र सन्तु मल्लिकले शिशिरलाई उर्मिलाको घरमा प्रवेश गर्दै गरेको देखेर सुनिललाई फोनमा सूचना दियो।

सूचना पाउनसाथ सुनिल घरमा आइपुग्यो अनि कथित रूपमा आफ्नी पत्नीलाई शिशिरसित आपत्तिजनक स्थितिमा देखेर नियन्त्रण गुमाए। आरोप छ, पहिला उसले पत्नीमाथि कुटपिट गऱ्यो, त्यसपछि सन्तु मल्लिकसित मिलेर शिशिरलाई मरूञ्जेल कुट्यो। पुलिसको दाबी छ, दुई जनाको कुटाईले शिशिरको घटनास्थलमै मृत्यु भयो।

जाँचको क्रममा पुलिसले उर्मिला हेमब्रम (25), उसको पति सुनिल हेमब्रम (30) र सन्तु मल्लिक (30)-लाई आरोपीको रूपमा पक्राउ गरेको छ। बिहीवार तीनै जना आरोपीहरूलाई मेदिनीपुर अदालतमा पेश गरियो जहाँबाट तीन दिनको पुलिस हिरासतमा पठाइदिएको छ।

जिल्ला पुलिसका एक जना वरिष्ठ अधिकारीले गए बिहीवार साँझ सम्पूर्ण घटनाक्रमको पुष्टि गर्दै बताए, प्रारम्भिक जाँचमा तीनै आरोपीहरूको संलिप्तता उजागार भएको छ। साथै यो पनि जाँच गरिँदैछ, यस घटनामा कुनै अर्को व्यक्तिको भूमिका त छैन।

मृतकका भाइ बहादुर मल्लिकले भने, यदि तिनको दाज्युले गल्ती नै गरेको हो भने पनि यसरी उसको ज्यान लिनु उचित होइन। तिनले सबै आरोपीहरूलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande