मुख्यमन्त्री डा. यादवले प्रवासी भारतीय दिवसमा दिए शुभकामना
मुख्यमन्त्री डा. यादवले प्रवासी भारतीय दिवसमा दिए शुभकामना


भाेपाल, 09 जनवरी (हि.स.)। आज अर्थात शुक्रवार प्रवासी भारतीय दिवस हो। यो दिवस हरेक साल 9 जनवरीमा मनाइन्छ। यो ती मानिसहरूलाई सम्मानित गर्ने दिन हो जसले अन्य देशहरूमा बसेर तमाम क्षेत्रहरूमा भारतको सुनाम फैलाइरहेका छन्। प्रवासी भारतीय दिवस मनाउने घोषणा 2002 सालमा तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले गरेका थिए। मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले आज प्रवासी भारतीय दिवसमा शुभकामना दिएका छन्।

मुख्यमन्त्री डाा. यादवले साेशल मीडिया एक्समा लेखे - प्रवासी भारतीय दिवसको हार्दिक बधाई एवं शुभकामना। आफ्नो सांस्कृतिक विरासत तथा परम्परासित जोड़िएर विदेशी धरतीमा प्रगतिको नयाँ अध्याय लेखिरहेका प्रवासी भारतीयहरूमाथि हामी सबैलाई गर्व छ। तपाईहरू सबैले दुनियाँमा भारतलाई गौरवान्वित बनाइरहनुहोस्, यही मंगलकामना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande