
गुवाहाटी, 8 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार विधानसभामा आफ्ना सहयोगी तथा मार्घेरिटाबाट विधायक भास्कर शर्मालाई उनको जन्मदिनमा हार्दिक शुभकामना दिए।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भास्कर शर्मालाई एकजना समर्पित कार्यकर्ता बताउँदै भने, उनले मार्घेरिटा क्षेत्रका मानिसहरूको सर्वाङ्गीण विकासको लागि निरन्तर एवं निष्ठापूर्वक कार्य गरिरहेका छन्।
डा. सरमाले माँ कामाख्या र महापुरुष श्रीमन्त शंकरदेवसित प्रार्थना गर्दै विधायक शर्माको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा