
गुवाहाटी, 8 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार त्रिपुराका मुख्यमन्त्री डा. माणिक साहालाई उनको जन्मदिनमा हार्दिक शुभकामना दिए। उनले डा. साहाको नेतृत्वमा त्रिपुरामा भइरहेको विकास तथा प्रगतिको सराहना गरे।
मुख्यमन्त्री डा. सरमाले भने, माँ त्रिपुरसुन्दरीको पावन भूमि डा. माणिक साहाको मार्गदर्शन र नेतृत्वमा प्रगति एवं विकासको नयाँ युगको साक्षी बनिरहेको छ जसले उनको दूरदर्शी नेतृत्व तथा जनसेवाप्रतिको प्रतिबद्धतालाई दर्शाउँछ।
उनले माँ कामाख्या एवं महापुरूष श्रीमन्त शंकरदेवसित डा. माणिक साहाको उत्तम स्वास्थ्य एवं दीर्घ जीवनको कामना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा