
नयाँ दिल्ली, 08 जनवरी (हि.स.)। दिल्ली सरकारमा क्याबिनेट मन्त्री कपिल मिश्राले बिहीवार आरोप लगाउँदै भने कि सदनभित्र नेता प्रतिपक्ष आतिशी मार्लेनाले सिख गुरूहरूको अपमान गरेर पाप गरिन् र अब उनले सदनभित्र आउने आँट जुटाउन सकिरहेकी छैनन्। दिल्ली विधानसभा अध्यक्षले कैयौं पटक बोलाए पनि उनी आइनन्।
दिल्ली विधानसभा परिसरमा बिहीवार पत्रकारहरूलाई सम्बोधन गर्दै कपिल मिश्राले भने, आतिशीले जुन प्रकारको बयान दिइन्, त्यो विधानसभाको अपमान हो। समाजका भिन्न-भिन्न प्रतिनिधिमण्डलहरूले गुरूहरूको अपमान गरेको सन्दर्भमा मुख्यमन्त्री रेखा गुप्ता तथा विधानसभा अध्यक्षसित भेट गरिरहेका छन्।
कपिल मिश्राले भने, आतिशीको पछाड़ी आम आदमी पार्टी (आआपा) औं उसका संयोजक अरविन्द केजरीवाल उभिएका छन्। यस मामिलामा केजरीवालले सार्वजनिक रूपमा माफी माग्नुपर्छ। उनले भने, आतिशीले अब माफी मागेर पनि काम हुनेवाला छैन, किनभने जुन प्रकारको बयान उनले जारी गरेकी छन्, त्यस पश्चात सदनबाट उनको सदस्यतालाई रद्द गरियोस्। यस सम्बन्धमा विधानसभा अध्यक्षलाई सबै मन्त्रीहरूको पक्षबाट एउटा पत्र पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा