अमर्त्य सेन नोटिस विवादमाथि भाजपाको कटाक्ष- के टीएमसीले आफैलाई ट्रोल गरिरहेको छ त?
अमर्त्य सेन नोटिस विवादमाथि भाजपाको कटाक्ष- के टीएमसीले आफैलाई ट्रोल गरिरहेको छ त?


कोलकाता, 08 जनवरी (हि.स.)। पश्चिम बंगालमा भइरहेको मतदाता सूची सत्यापनलाई लिएर सृजित विवादबीच भारतीय जनता पार्टी (भाजपा)- को बंगाल एकाईले तृणमूल कंग्रेस (टीएमसी)-माथि धारिलो प्रहार गरेको छ। गए बुधवार अबेर राती सोशल मीडिया मञ्च ‘एक्स’-मा पोस्ट गर्दै भाजपाले प्रश्न उठायो, के तृणमूलले आफै आफ्नो उपहास गरिरहेको छ?

भाजपाद्वारा गरिएको पोस्टमा भनिएको छ, नोटिसमा मुद्दा प्रष्ट छ। अमर्त्य सेनको गणना (एन्युमरेशन) फारम अनुसार उनको आयु र उनका माता-पिताको आयुबीच मात्र 15 वर्षको अन्तर दर्ता गरिएको छ जुन एक तार्किक विसंगति हो। यसै विसंगतिलाई स्पष्ट पार्नको लागि उनलाई सहायक दस्तावेज जमा गर्न भनिएको हो।

पोस्टमा भाजपाले आरोप लगायो, तृणमूल कंग्रेसले पश्चिम बंगालमा भिन्नै प्रकारको नियमहरूमाथि विश्वास गर्छ जहाँ कतिपय मानिसहरूलाई कानूनभन्दा माथि ठानिन्छ। भाजपाले भन्यो, भारतीय लोकतन्त्रमा यस्तो कुनै पनि विशेषाधिकारलाई कुनै स्थान छैन। संविधान अन्तर्गत हरेक नागरिक कानून अगाड़ि समान छन् चाहे त्यो फोहोर सोहोर्ने होस् वा अरबपति। कोही पनि जाँचभन्दा माथि छैन र कसैलाई विशेष छुट दिन सकिँदैन।

भाजपाले यो पनि स्पष्ट पाऱ्यो, अमर्त्य सेनलाई व्यक्तिगत रूपमा पेश हुने नोटिस दिइएको छैन। उनको उन्नत आयु (85 वर्षभन्दा अधिक)-लाई ध्यानमा राख्दै प्रशासनले उनको घरमै सुनवाई (हाउस हियरिंग)-को विकल्प चुनेको छ ताकि उनको गरिमा र विधिक प्रक्रिया दुवैलाई सम्मान गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande