
कोलकाता, 08 जनवरी (हि.स.)। कोलकाताको न्यू टाउन क्षेत्रमा बिहीवार बिहान एउटा बहुतले भवनमा आगो लाग्नाले भागाभाग मचियो। जानकारी अनुसार बिहान लगभग 7 बजे न्यू टाउनको थाकदारी क्षेत्रस्थित एक बहुतले भवनमा आगो लाग्यो। आगो सबैभन्दा पहिला भवनभित्र अवस्थित एक कार्यालयमा देखियो।
घटनाबारे जानकारी पाउनसाथ दमकल विभागलाई सूचित गरियो। दमकल विभागले घटनास्थलमा आएर युद्धस्तरमा आगोलाई निभाउने प्रयास गऱ्यो। उक्त भवनमा धेरैवटा निजी कम्पनीहरूका कार्यालयहरू छन्। त्यसैले कार्यालय समय शुरू हुन अगावै आगोलाई नियन्त्रण गर्नु दमकल कर्मीहरूको निम्ति ठूलो चुनौती भयो।
प्राथमिक जानकारी अनुसार आगलागी अवधि भवनभित्र कोही पनि फसेको हुनसक्ने खबर छैन। दमकल विभागको तत्परतामा स्थितिलाई नियन्त्रण गर्ने प्रयास जारी छ जसबाट ठूलो दुर्घटना हुनदेखि बच्न सकोस्।
आगलागीको कारण शुरूआती रूपमा शर्ट सर्किट हुनसक्ने आशंका व्यक्त गरिएको छ। तथापि अधिकारीहरूको भनाइ छ, विस्तृत जाँचपछि नै सही कारण थाहा लाग्नेछ।
उल्लेखनीय छ, गए बुधवार साँझ मात्र आनन्दपुरको नोनाडांगास्थित मातंगिनी कलोनीस्थित झोपड़ी बस्तीमा भीषण आगलागी भएको थियो जसमा धेरैवटा घरहरू जलेर खरानी भएको थियो। उक्त घटनापछि शहरमा अग्नि सुरक्षा व्यवस्थालाई लिएर पुनः प्रश्न उठिरहेको छ।
-
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा