भारती हिन्दी विद्यालयमा विद्यार्थीहरूको लागि फूड फेस्टिभल आयोजित
भारती हिन्दी विद्यालयमा विद्यार्थीहरूको लागि फूड फेस्टिभल आयोजित


सिलगढ़ी, 08 जनवरी (हि. स.)। सरकारी दिशा-निर्देश अनुसार गत 2 जनवरीदेखि 8 जनवरीसम्म सबै विद्यालयहरूमा ‘स्टुडेण्ट वीक’ पालन गर्ने निर्देश दिइएको थियो। सोही क्रममा बिहीवार भारती हिन्दी विद्यालयमा विद्यार्थीहरूलाई लिएर एक भव्य फूड फेस्टिभल आयोजना गरियो। यस अवसरमा सम्पूर्ण विद्यालय परिसरमा उत्सव जस्तै माहोल देख्न पाइयो। यस आयोजनमा विद्यार्थीहरूले व्यापक रूपमा भाग लिए अनि दिनभरि खुशीका रंगहरू बाँड़े।

फूड फेस्टिभलमा विभिन्न प्रकारका खान-पानको स्टल राखियो जसलाई विद्यार्थीहरूले नै सजाए अनि संचालन गरे। पुचका, चाट, जलेबी, फल, झालमुड़ी सहित नानीहरूले रुचाउने केही स्वादिष्ट व्यञ्जनहरूलाई स्टलहरूमा राखिएको थियो। साथीहरूसित भोजन साझा गर्नु तथा एउटा-एउटा गरी सबै स्टलहरूमा पुगेर नयाँ स्वाद चाख्नु विद्यार्थीहरूको लागि स्मरणीय अनुभव भयो। विद्यालय प्रशासनको यस पहलबाट अभिभावकहरू धेरै खुशी भएका छन्। उनीहरूको भनाइ छ, यस किसिमका आयोजनहरूबाट नानीहरूलाई पढ़ाईसँगसँगै मानिसक विकास, सामाजिकता तथा आत्मविश्वास बढ़ाउने अवसर प्राप्त हुन्छ।

विद्यालय प्रबन्धनले बतायो, यस्ता आयोजनहरूको मुख्य उद्देश्य विद्यार्थीहरूमा आपसी सहयोक, आत्मविश्वास तथा आनन्दको साथमा सिक्ने माहोल तयार गर्छ ताकि नानीहरूले शिक्षासँगसँगै जीवनका मूल्यहरूलाई पनि आत्मसात गरून्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande