मुण्डाकोठी मुन्सी गाउँका 15 परिवार आईजीजेएफमा सामेल
मुण्डाकोठी मुन्सी गाउँको 15 परिवारहरू इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल


सोनादा, 09 जनवरी (हि.स.)। मुण्डाकोठी मुन्सी गाउँका 15 परिवारहरू इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) मा सामेल भएको दाबी गरिएको छ। दार्जिलिङको माल रोडस्थित आईजीजेएफको केन्द्रिय कार्यालय पी कोठीमा आज सम्पन्न समर्थन सभामा उनीहरू पार्टीमा सामेल भए।

यस सभामा पार्टीको केन्द्रिय संयोजक अजय एडवर्ड्स विशेष रूपमा उपस्थित रहेका थिए। रंगबुल धोतरिया समष्टिको आईजीजेएफ समष्टि अध्यक्ष तेन छिरिङ तामाङ, सचिव रूपनारायण प्रधान, केन्द्रिय कार्यकारिणी सदस्य शनि लोप्चन, खरसाङ महकुमा नारी शक्ति जनशक्ति फ्रण्टकी को-अर्डिनेटर संगीता छेत्रीको नेतृत्वमा मुण्डाकोठी अन्तर्गत मुन्सी गाउँका 15 परिवारले आईजोजेएफको भिजन र अजय एडवर्ड्सको इमान्दारितामाथि विश्वास गर्दै पार्टीमा सामेल भएको बताइएको छ।

समर्थन जनाउनेहरुलाई पार्टी केन्द्रिय संयोजक‌ एडवर्ड्सले खदा लगाइदिएर न्यानो स्वागत जनाए। समर्थकहरूले पार्टीको भिजन र पार्टी संयोजक एडवर्ड्सको इमान्दारितालाई घर घरमा पुऱ्याउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande