सूर्या फाउण्डेशनद्वारा आयोजित ग्रामीण खेल प्रतियोगिताको समापन
सूर्या फाउण्डेशनद्वारा आयोजित ग्रामीण खेल प्रतियोगिताको समापन


खरसाङ, 09 जनवरी (हि.स.)। सूर्या फाउण्डेशनद्वारा आयोजित ग्रामीण खेल प्रतियोगिताको समापन भएको छ। सूर्या फाउण्डेशनले दार्जिलिङ क्षेत्रका विभिन्न गाउँहरुमा सात दिवसीय ग्रामीण खेल प्रतियोगिता आयोजना गरेको थियो। यसै क्रममा खरसाङ महकुमाको जोगमाया चिया बगान तथा वरिपरिका युवाहरुलाई लिएर आयोजित खेल प्रतियोगिताको समापन गरिएको छ।

यस खेल प्रतियोगिता अन्तर्गत दौड़, भलीबल, फुटबल, सूर्य नमस्कार आदि खेलहरु समावेश गरिएका थिए। यस अवसरमा क्षेत्र प्रमुख कमल दाहालले यो कार्यक्रम देशका 19 वटा राज्यका जम्मा 113 गाउँहरुमा सम्पन्न गरिएको बताए।

सूर्या फाउण्डेशन एक सामाजिक संस्था हो, जसले समाज एवं देशहितको निम्ति विगत 32 वर्षदेखि यस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको योगेन्द्र छेत्रीले जनाएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande