
कुचबिहार, 8 जनवरी (हि.स)। पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)- ले नयाँ प्रदेश कार्य समितिको घोषणा एक दिन अगावै गरेको छ। 35 सदस्यीय यस कार्यसमितिमा राजवंशी समुदायका पूर्व केन्द्रिय राज्यमन्त्री निशीथ प्रमाणिकलाई प्रदेश उपाध्यक्षको जिम्मेवारी सुम्पिइएको छ।
राजनीतिक विश्लेषकहरूको मान्यता छ, यस वर्ष 2026-को विधानसभा चुनाउपूर्व उत्तर बंगालमा भाजपाको संगठनलाई सुदृढ़ बनाउन तथा राजवंशी भोट ब्यांकलाई एकजुट बनाउने रणनीति अन्तर्गत निशीथलाई राज्य कार्यकारिणीमा सामेल गरिएको छ। कुचबिहारमा हमलाको शिकार भएका पार्टी कार्यकर्तादेखि निशीथ टाँड़िएकोमा संगठनको एक वर्गले प्रश्न पनि उठाएको थियो। तथापि विधानसभा चुनाउ नजिकिँदै जान थालेपछि पछिल्लो एक महिनादेखिको उनी फेरि सक्रिय भएका छन्। विशेष गरी विशेष गहन पुनरीक्षण (एसआइआर) जस्तो मुद्दामा उनलाई आन्दोलन गरेको देखिएको छ।
प्रदेश उपाध्यक्षको रूपमा उनको नियुक्तिबाट जिल्ला राजनीतिमा उनको स्थिति झन् मजबुत भयो।
कुचबिहारमा तृणमूल कंग्रेसका प्रभावशाली नेता उदयन गुहाको तुलनामा भाजपाको सबैभन्दा महत्वपूर्ण अनुहारको रूपमा निशीथ प्रमाणिकलाई नै हेरिँदैछ। पार्टी सूत्रानुसार उत्तर बंगालका सीटहरूलाई पुनः हासिल गर्नको लागि केन्द्रिय नेतृत्व निशीथलाई अगाड़ी राखेर रणनीति बनाउन चाहन्छ।
नयाँ जिम्मेवारी पाएपछि निशीथ प्रमाणिकले भने, भाजपाको एक निष्ठावान सिपाही हुँ। पद मेरो लागि ठूलो कुरा होइन। पार्टीले दिएको ठूलो जिम्मेवारीलाई निष्ठा पूर्वक निर्वाह गर्नेछु। कुचबिहारमा मात्र होइन यसपालि भाजपाको जीत राज्यभरि नै सुनिश्चित गर्नु हाम्रो एकमात्र लक्ष्य छ। अब सबैको नजर यस कुरामाथि अड़िएको छ कि निशीथ प्रमाणिकको यो नयाँ राजनीतिक पाराले उत्तर बंगालको राजनीतिक समीकरणलाई कुन दिशामा पुऱ्याउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा