तृणमूलले शहीद दिवस मनाइरहेको थियो, विद्यार्थीहरूले मागिरहेका थिए शिक्षकः शुभेन्दु अधिकारी
तृणमूलले शहीद दिवस मनाइरहेको थियो, विद्यार्थीहरूले मागिरहेका थिए शिक्षकः शुभेन्दु अधिकारी


कोलकाता, 08 जनवरी (हि.स.)। जिल्लाको नेताईमा गए बुधवार तृणमूल कंग्रेसद्वारा शहीद दिवस आयोजना गरियो। यस कार्यक्रमलाई लिएर नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले बुधवार राती नै सोशल मीडिया मञ्च ‘एक्स’-मा चर्को प्रतिक्रिया व्यक्त गरेका छन्। उनले आरोप लगाए, कार्यक्रममा यस्ता तृणमूल नेताहरू उपस्थित थिए जसलाई नेताईको इतिहास र भूगोल समेत थाहा छैन।

शुभेन्दु अधिकारीले आफ्नो पोस्टमा लेखे, जुन बेला तृणमूल कंग्रेसले शहीद दिवस मनाइरहेको थियो, सोही समय नेताईका विद्यार्थीहरूले आफ्नो स्कूलमा शिक्षकहरूको मागलाई लिएर विरोध प्रदर्शन गरिरहेका थिए। उनले भने, विगत लामो समयदेखिको स्कूलमा गणित, अंग्रेजी तथा भौतिक विज्ञान सहित केही महत्वपूर्ण विषयहरूका शिक्षकहरू नै छैनन् जसले गर्दा विद्यार्थीहरूको पढ़ाईँ पूर्ण रूपमा प्रभावित भइरहेको छ।

नेता प्रतिपक्षले राज्य सरकारमाथि शिक्षा व्यवस्थालाई पूर्ण रूपमा ध्वस्त बनाएको आरोप लगाए। उनले भने, वर्षौंदेखिको टेट परीक्षाको माध्यमबाट नयाँ नियुक्तिहरू नभएको कारणले ग्रामीण क्षेत्रहरूका विद्यार्थीहरू जो सरकारी शिक्षा व्यवस्थामाथि निर्भर छन्, शिक्षकको अभावमा शिक्षादेखि वञ्चित भइरहेका छन्।

शुभेन्दु अधिकारीले तृणमूल नेताहरूद्वारा बारम्बार अदालतलाई जिम्मेवार ठहराइएको आरोपलाई पनि खारेज गरिदिए। उनले दाबी गरे, यो यथार्थलाई लुकाउने प्रयास हो। शुभेन्दु अनुसार सारा देशलाई यो थाहा भइसकेको छ कि तृणमूको शासनमा नोकरी घोटाला भएको छ, अयोग्य शिक्षकहरूलाई पैसाको सट्टामा नियुक्ति गरेको कारणले अदालतको आदेशमा 26 हजार शिक्षकहरूको नोकरी रद्द भएको छ।

आफ्नो पोस्टको अन्तमा अधिकारीले नेताईका विद्यार्थीहरूको विरोध प्रदर्शनको सराहना गर्दै भने, यस साहसी आन्दोलनलाई उनी सलाम गर्दछन् रनेताईको धरतीले आज पनि आफ्नो विरोधको परम्परालाई जीवित राखेको छ। “विरोध प्रदर्शनको दोस्रो नाम नै नेताई हो।”

नेता प्रतिपक्षको उक्त पोस्टपछि फेरि एकपटक राज्यमा शिक्षा व्यवस्था तथा शिक्षक नियुक्तिलाई लिएर राजनीतिक बहस तीव्र भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande