
पूर्व मेदिनीपुर, 08 जनवरी (हि.स.)। एगरा नगरपालिकाका अध्यक्ष स्वपन नायकलाई पक्राउ गरिएपछि क्षेत्रमा राजनीतिक जटिलता अझ गहिरिँदै गइरहेको छ। एकातिर स्वपनको रिहाईको मागमा विरोध प्रदर्शन भइरहेको भने अर्कोतिर तृणमूल कंग्रेसभित्रै मञ्चित राजीनामाको नाटकले नयाँ मोड़ लिएको छ।
उल्लेखनीय छ, गत 5 जनवरीको दिन 'नागरिक मञ्च'- को ब्यानरमा अध्यक्षको रिहाईको मागमा व्यापक प्रदर्शन गरिएको थियो। यसबीच खबर आयो, स्वपन नायकको पक्राउ तथा नगरपालिकामा व्याप्त गतिरोधको विरोधमा तृणमूलका एगारजना वरिष्ठ नेताहरूले सामूहिक राजीनामा दिएका छन्। त्यागपत्रको प्रति मुख्मन्त्री ममता ब्यनर्जी र अभिषेक ब्यनर्जी सहित जिल्ला नेतृत्वलाई पठाएको दाबी गरिएको थियो। राजीनामा दिनेहरूमा नगरपालिकाका पूर्व अध्यक्ष तपन कान्ति कर, टाउन एडभाइजरी कमिटीका सदस्य कानन बिहारी नायक औ वार्ड अध्यक्ष उमापद साव जस्ता प्रमुख नाम सामेल रहेको बताइयो।
तृणमूलले दाबीहरूलाई नकाऱ्यो-
तथापि उक्त घटनाक्रम भएको 24 घण्टाभित्रै सम्पूर्ण तस्वीर फेरियो। गए बुधवार अबेर साँझ एगरा नगरपालिकाका पार्षद तथा तृणमूल अध्यक्ष जयन्त सावले कथित विद्रोही नेताहरूसित संयुक्त संवाददाता सम्मेलन गरी यी दाबीहरूलाई शिराबाटै खारेज गरिदिए। जयन्त सावले स्पष्ट पारे, नगरपालिकामा कुनै गतिरोध छैन र अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले सुचारू रूपमा कार्यभार सम्हालिरहेका छन्। उनले आरोप लगाे, मीडियाको एक वर्गले राजीनामाको झुटो खबर प्रचारित गऱ्यो। सावले भने, भाजपाले यस संकटको घड़ीमा आफ्नो राजीतिक रोटी सेक्ने चेष्टा गरिरहेको छ। नागरिक मञ्चको पछाड़ि वास्तवमा भाजपाकै हात छ।
असमञ्जसमा विद्रोही नेता-
यता तृणमूलको कान्थी संगठनात्मक जिल्ला अध्यक्ष पीयूष कान्ति पाण्डाले पनि कुनै पनि प्रकारको राजीनामा प्राप्त भएको कुरालाई अस्वीकार गरेका छन्। तथापि जुन नेताहरूले राजीनामाको चर्चा गरेका थिए, उनीहरूले मौनता धारण गरेका छन्। तपन कान्ति कर सहित अन्य नेताहरूले मीडियाको फोनको उत्तर दिएनन् जसबाट अहिले सन्देहको स्थिति कायम छ।
अर्कोतिर भाजपाका एगरा शहर मण्डल अध्यक्ष चन्दन मायतीले कटाक्ष गर्दै भने, तृणमूल कंग्रेसले आफ्नो छविलाई बचाउनको लागि देखावटी मात्र गरिरहेको छ जबकि आन्तरिक कलह जगजाहेर छ। हाल पुलिसले स्वपन नायकमाथि लागेका आरोपहरूको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा