
कोलकाता, 08 जनवरी (हि. स.)। पश्चिम बंगालमा जाड़ोको कहर लगातार बढ़्दो छ। उत्तरदेखि दक्षिणसम्मका मानिसहरूले कठ्याङ्ग्रिने जाड़ोको सामना गरिरहेका छन्। कोलकातामा पनि हाड़ कँपाउने चिसो महसूस गरिँदैछ।न्यूनतम तापमान 10 डिग्री लगभग पुगेको छ। मौसम विभागले बिहीवार बिहान आफ्नो आधिकारिक बयानमा स्पष्ट पारेको छ, अहिले राहत पाउने आशा छैन। केही जिल्लाहरूमा शीतलहरलाई लिएर सतर्क जारी गरिएको छ।
मौसम विभागानुसार कोलकातामा अधिकतम तापमान लगभग 22 डिग्री सेल्सियस रहने सम्भावना छ। यो सामान्यभन्दा 2.7 डिग्री कम हो। न्यूनतम तापमान लगभग 11.6 डिग्री सेल्सियस रहने अनुमान छ जुन सामान्यभन्दा 2.3 डिग्री कम हो।
अधिकतम सापेक्ष आद्रता 99 प्रतिशतसम्म रहनसक्छ भने न्यूनतम आद्रता लगभग 53 प्रतिशत दर्ता हुने सम्भावना छ। बितेको 24 घण्टामा शहरमा वर्षा दर्ता भएको छैन।
मौसम विभागको भनाइ छ, जाड़ो हाल घट्ने सम्भावना छैन। आगामी दिनमा पारा 3-4 डिग्री अझ तल झर्नसक्छ। दक्षिण-पूर्व बंगालको खाड़ीमा एक सक्रिय मौसमी स्थिति विकसित भएको छ जुन आगामी 24 घण्टामा अझ मजबुत हुनसक्छ।
यसको साथै त्रिपुरा संलग्न क्षेत्रमा एउटा चक्रवात सक्रिय भएको छ। यी दुवैको प्रभावले उत्तर र उत्तर पश्चिम दिशाबाट चिसो हावा पश्चिम बंगाल तर्फ बगिरहेको छ। त्यसैले जाड़ोको तीव्रता बढ़िरहेको छ।
पूर्वानुमान मुताविक आगामी चार दिनसम्म राज्यका अधिकांश भागमा तापमान सामान्यभन्दा दुई-चार डिग्री सेल्सियस कम रहनसक्छ। दक्षिण बंगालमा आगामी तीन दिनसम् दिनको तापमान सामान्यभन्दा तीन-पाँच डिग्री कम रहने सम्भावना छ।
उत्तर बंगालमा दिनको तापमानमा चार-छः डिग्री सेल्सियससम्म घट्नसक्छ अर्थात आगामी केही दिनसम्म दुवै बंगालमा औधी चिसो हुनेछ।
कोलकाता समेत केही जिल्लाहरूमा कुहिरोको प्रकोप पनि जारी छ। बीरभूम तथा पूर्व बर्दमानमा शीत दिवस तथा शीतलहरको चेताउनी दिइएको छ भने मुर्शिदाबाद, नदिया, बीरभूम औ उत्तर 24 परगनामा घना कुहिरो लाग्ने सम्भावना छ। उत्तर बंगालका सबै जिल्लाहरूमा जाड़ोको कहर जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा