आमाको लाशको छेउमा रोइरहेको बालक, जाँचमा जुट्यो पुलिस
आमाको लाशको छेउमा रोइरहेको बालक, जाँचमा जुट्यो पुलिस


मुर्शिदाबाद, 08 जनवरी (हि. स.)। जिल्लाको शमशेरगञ्जमा तारापुर अस्पतालको पछिल्लोतिर अवस्थित एक बगानमा बिहीवार बिहान एक जना महिलाको अर्धनग्न तथा रक्तरञ्जित शव लड़िरहेको भेटियो भने शवको छेउमा उसको तीन वर्षीय छोरालाई गम्भीर घाइते अवस्थामा रूँदै गरेको देखियो।

स्थानीय सूत्र अनुसार मृत महिलाको कपड़ा अस्त-व्यस्त अवस्थामा थियो भने शरीरभरि चोटै-चोट लागेको थियो। लाशको छेउमा 3 वर्षीय बालक गाइते अवस्था रोइरहेको थियो। यो देखेर स्थानीय मानिसहरूले तुरून्त पुलिसलाई सूचना दिए। शमशेरगञ्ज थानाको पुलिस घटनास्थलमा पुगेर महिलाको शवलाई पोस्टमर्टम गर्नको लागि जंगीपुर महकुमा अस्पतालमा पठाइदिएको छ भने बालकाई उपचारको निम्ति अनुप नगर ब्लक अस्पतालमा भर्ती गरिएको छ।

पुलिस सूत्रले बतायो, हाल मृत महिलाको पहिचान हुन सकेको छैन।पुलिसले यो पत्तो लगाउने चेष्टा गरिरहेको छ, महिला स्थानीय निवासी थिइन् वा बाहिरको। प्रारम्भिक रूपमा दुष्कर्मपछि हत्या गरिएको आशंका व्यक्त गरिँदैछ। तथापि पोस्टमर्टम रिपोर्ट आएपछि नै सबै कुरा छर्लङ्ग हुनेछ।

घटनापछि क्षेत्रमा व्यापक सन्त्राष फैलिएको छ। स्थानीय मामिनुल इस्लामले बताए, अस्पतालको पछाड़ि रहेको यो बगान सुनसान हुन्छ। बिहान त्यतातिर जाँदा महिलालाई रक्तरञ्जित अवस्थामा देखियो साथमा घाइते बालक पनि छटपटिरहेको थियो। हामीले तुरून्त पुलिसलाई खबर दियौं।

एकजना पुलिस अधिकारीले बताए, मामिलाको जाँच शुरू गरिएको छ। वरपरका थानाहरूलाई पनि महिलाको तस्वीर पठाइएको छ ताकि उसको पहिचान खोलाउन सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande