
सिलगढ़ी, 08 जनवरी (हि. स.)। सिलगढ़ी उच्च बालिका विद्यालयमा बिहीवार खाद्य मेला आयोजना गरियो। आफ्नो हातले पकाएका स्वादिष्ट व्यञ्जनहरूको साथमा छात्राहरूलाई पूर्ण उत्साह एवं आनन्दमय देखियो।
सरकारी दिशानिर्देश अनुसार 2-देखि 8 जनवरीसम्म सबै विद्यालयहरूमा ‘स्टुडेण्ट वीक’ मनाउने निर्देश दिइएको थियो। सोही अनुरूप सिलगढ़ी उच्च बालिका विद्यालयमा गत 2 जनवरीदेखि विभिन्न शैक्षणिक एवं सांस्कृतिक कार्यक्रमहरूको शुरूआत भयो। स्टुडेण्ट वीकको अन्तिम दिन एघारौं र बाह्रौं श्रेणीका छात्राहरूद्वारा तयार पारिएका विभिन्न प्रकारका व्यञ्जनहरूको साथमा खाद्य मेला सम्पन्न भयो।
विद्यालयकी प्रधान शिक्षिका अत्युहा बागचीले बताइन्, पढ़ाईसँगसँगै छात्राहरूको रचनात्मकता तथा पाक कला कौशललाई विकसित गर्ने उद्देश्यले यस प्रकारको आयोजन गरिएको हो। स्टुडेण्ट वीकभरि नै म्याजिक शो, सांस्कृतिक कार्यक्रम औ पर्यावरण जागरूकतासित सम्बन्धित कार्यक्रमहरू आयोजना गरियो।
शिक्षक-शिक्षिकाहरूको मान्यता छ, यसप्रकारका आयोजनहरूबाट विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान मात्र प्राप्त नभएर आनन्दपूर्ण वातावरणमा पढ़ाईप्रति रूचि पनि बढ़्छ।
यस अवसरमा अचानक विद्यालयमा जिल्ला विद्यालय निरीक्षक कनाईलाल दे पुगे। उनले विद्यालयको निरीक्षण गर्नको साथै खाद्य मेलाका विभिन्न स्टलहरूको जायजा लिए। पछि उनले भने, यस प्रकारको पहलबाट छात्राहरूमा रचनात्मकता बढ़्छ अनि उनीहरू आनन्द पूर्वक पढ़ाईप्रति अधिक प्रेरित हुन्छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा