
सिलगढ़ी, 8 जनवरी (हि.स)। सिलगढ़ी एसडीओ कार्यालयमा गए बुधवार अबेर राती आगो लागेको घटना प्रकाशमा आएको छ। आगो एसडीओ भवनको तेस्रो तलामा अवस्थित रूम नम्बर-10 मा लागेको हो। उक्त आगलागीको कारण मेजिस्ट्रेट कार्यालयमा कोकोहोलो मचियो। यस घटनामा इलेक्ट्रोनिक उपकरण र महत्वपूर्ण सरकारी दस्तावेजहरू जलेर नष्ट भएको आशंका व्यक्त गरिँदैछ।
स्थानीय सूत्र अनुसार राती लगभग साढ़े एघार बजी एसडीओ कार्यालय भवनभित्रबाट धुँवा निक्लिरहेको देखियो। यसको सूचना तत्कालै प्रधान नगर थानाको पुलिस अनि दमकल विभागलाई दिइयो। सूचना पाउनसाथ घटनास्थलमा पुगेको दमकलका दुई वटा वाहनले कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गऱ्यो।
आगलागीको सूचना पाउनसाथ प्रशासनिक अधिकारीहरू पनि घटनास्थलमा पुगे। उल्लेख्य, यसै अवधि विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया चलिरहेको थियो। त्यसैले उक्त घटनाले प्रशासनको चिन्तालाई अझ बढ़ाइदिएको छ। प्रारम्भिक जानकारी अनुसार मेजिस्ट्रेट कार्यालयभित्र राखिएको इलेक्ट्रोनिक सामान तथा केही महत्वपूर्ण दस्तावेज जलेर खरानी भएको छ।
घटनाबारे जानकारी राती नै सम्बन्धित विभाागीय वरिष्ठ अधिकारीहरूलाई दिइएको थियो। प्रशासनिक सूत्रानुसार आगलागीमा भएको नोक्सानको विस्तृत मूल्यांकन बिहीवार गरिनेछ जसपश्चात यो स्पष्ट हुनेछ कि कुन-कुन दस्तावेज जलेर नष्ट भयो।
दमकल विभागका अधिकारी धिरेन्द्र कुमार रायले बताए, उनलाई राती एसडीओ भवनको मेजिस्ट्रेट कार्यालयमा आगो लागेको सूचना प्राप्त भएको थियो। त्यसपछि दमकलका दुई वटा वाहनले घटनास्थलमा पुगेर द्रूत गतिमा आगोलाई नियन्त्रण गऱ्यो। आगलागीको कारण पत्तो लगाउन जाँच भइरहेको छ। प्रारम्भिक अनुमानमा यूपीएस ब्लास्ट वा शर्ट सर्किटको कारणले आगो लागेको हुनसक्छ।
यस घटनामा कुनै प्रकारको मानवीय क्षति भएको सूचना छैन जसबाट प्रशासन तथा स्थानीय मानिरहरूले राहत महसूसस गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा