
नयाँ दिल्ली, 08 जनवरी (हि.स.)। दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले बिहीवार शीतकालीन सत्रलाई एक दिनको लागि बढ़ाउने घोषणा गरे। त्यसपछि विधानसभाको कार्यवाही शुक्रवारसम्मको लागि स्थगित गरियो।
विधायी कार्य मन्त्री परवेश साहिब सिंहले विधानसभामा भने, विपक्षद्वारा दुई दिनदेखिको कार्यवाहीलाई बाधित गरिएको कारणले महत्वपूर्ण कामकाज लम्बित भएको छ। उनले उपराज्यपालको अभिभाषणको प्रस्तावलाई पारित गर्न तथा प्रदूषणमाथि चर्चा गराउने उल्लेख गर्दै शीतकालीन सत्र अवधि एक दिन बढ़ाउने अनुरोध गरे। उनले सिख गुरूहरूमाथि कथित टिप्पणीसित सम्बन्धित प्रकरणलाई विशेषाधिकार समितिकहां पठाएर निर्धारित समय-सीमामा जाँच गराउने निवेदन समेत गरे।
यसमा विधानसभा अध्यक्ष गुप्ताले भने, सदनमा कथित रूपमा सिख गुरुहरूप्रति गरिएको टिप्पणीसित सम्बन्धित मामिलाको गम्भीरता तथा सदनको गरिमालाई ध्यानमा राख्दै म यो सम्पूर्ण मामिलालाई विशेषाधिकार समितिलाई जाँच गर्ने अनि रिपोर्ट दिनको लागि सुम्पिन्छु। साथै नेता प्रतिपक्ष आतिशीको यस टिप्पणीसित सम्बन्धित भीडियो रेकर्डिंगलाई जाँचको लागि फोरेन्सिक ल्याबमा पठाइएको छ।
त्यसपछि अध्यक्षले सदनको कार्यवाहीलाई शुक्रवार पूर्वान्ह 11 बजेसम्मको लागि स्थगित गरिदिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा