
ग्वालपाड़ा (असम), 10 अक्टोबर (हि.स.)। असमको ग्वालपाड़ा जिल्लामा पुलिसले बाल-बालिका सहित 12 जना बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। सबैलाई असम राज्य यातायात निगम (एएसटीसी) बस स्ट्याण्ड नजिकैबाट पक्राउ गरिएको हो।
पुलिसबाट आज प्राप्त प्रारम्भिक जानकारी अनुसार पुलिसले यो कारबाही ग्वालपाड़ास्थित एएसटीसी बस स्ट्याण्ड वरपर गरेको थियो। पक्रा पर्नेहरूमा बाल-बालिका पनि रहेको बताइएको छ।
यद्यपि पक्राउ परेका व्यक्तिहरूको पहिचान, उनीहरू भारतमा प्रवेश गरेको परिस्थिति तथा यस मामिलामा थप कारबाहीको बारेमा विस्तृत विवरणको प्रतिक्षा छ। पुलिसले मामिलामा आधिकारिक रूपमा विस्तृत जानकारी दिएपछि नै सम्पूर्ण घटनाक्रमको खुलासा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा