बाँकी वेतन र बोनसको मागमा  चिया श्रमिकहरूद्वारा राष्ट्रिय राजमार्ग अवरुद्ध
न्यूमाल ओवरब्रिज के पास राष्ट्रीय राजमार्ग पर प्रदर्शन करते चाय श्रमिक


जलपाईगुडी, 10 अक्टोबर (हिस.)। दुर्गा पूजाअघि बाँकी रहेको वेतन अनि 20 प्रतिशत बोनस नपाएका कारण असन्तुष्ट न्यू ग्ल्याङ्क चिया बगानका श्रमिकहरूले शनिवार बिहान मालबजार नजिकै न्यूमल ओभरब्रिजमा राष्ट्रिय राजमार्ग-17 अवरुद्ध गरेर प्रदर्शन गरे। यसले गर्दा मालबजार-सिलगढ़ी मार्गमा लामो जाम लाग्यो भने सर्वसाधारण मानिसहरूलाई विविध समस्याको सामना गर्नुपऱ्यो।

प्रदर्शनकारीहरूले आरोप लगाए, बगान व्यवस्थापन निर्धारित समयभित्रमा बोनस दिन असफल भएको छ। श्रमिकहरूले स्पष्ट पारे, उनीहरू किस्तामा दिएको बोनसलाई स्वीकार गर्ने छैनन्। उनीहरूलाई एकमुष्ठ 20 प्रतिशतको दरले बोनस सहित बाँकी वेतन पनि भुक्तान गरियोस्। उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेताउनी समेत दिएका छन्।

स्थितिलाई नियन्त्रण गर्नको लागि मालबजार थानाको पुलिस र न्यूमाल जङ्क्शनबाट रेलवे पुलिस घटनास्थलमा पुगे। सड़क जामलाई हटाएर यातायात सामान्य बनाउनको लागि पुलिसले श्रमिकवर्ग अनि बगान प्रबन्धकसित बातचित गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande